ताजा अपडेट

पालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रसाकिय अधिकृत र लेखा अधिकृत भेटिन्नन् कार्यालयमा (भिडियो सहित)

होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुन,उपाध्यक्ष सरिता केसी,प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगी र लेखा अधिकृत झक्कु प्रशाद शुवेदी एकैपटक पालिका बाहिर गएका छन्।मंगलबार पालिकाका विभिन्न शाखाका कर्मचारीहरुको समेत अनुपस्थिती रहेको छ।

पालिका अध्यक्ष कार्यक्रममा बर्दिया गएको निमित्त प्रशासन प्रमुख सानूबाबू खड्काले जानकारी दिएका छन्।काम विशेषले उपाध्यक्ष केसी पनि पालिका केही दिन देखि पालिका बाहिर रहेको उनले बताए।प्रमुख प्रशासकित अधिकृत डाँगी र लेखा अधिकृत सुवेदी पनि काम विशेषले केही दिन देखि विदामा रहेको निमित्त प्रशासन प्रमुख खड्काले होलेरी खबरलाई जानकारी दिए।

आन्तरिक लेखा परिक्षण शाखा प्रमुख दीपक पराजुलीले आफ्नो कार्यालयमा काम गरिरहेका थिए।उनलाई यसबारे बुझ्न खोज्दा आफूलाई थाह नरहेको बताए।लेखा शाखामा रहेका सहायक लेखा अधिकृत गोपाल पराजुलीले लेखा अधिकृत,प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिहरु कहाँ गएकोबारे आफूलाई जानकारी नभएपनी असार मसान्तपछि कामको चाप कम हुने भएकाले ब्यक्तिगत काममा जानू भएको होला भन्ने जवाफ दिए।आफू पनि हालसालै ४/५ दिन विदा बसेर आएको बताउँदै उनले आउने सेवाग्राहीहरुको काम गरिरहेको बताए।

करिब साढे १२ बजेको समयमा पालिकामा अध्यक्ष उपाध्यक्ष सहित अन्य कर्मचारीहरु पालिकामा भेटिएनन्।जनताका हरेक सरोकारका विषयहरु जोडिने सबैभन्दा नजिकको सरकार स्थानिय सरकारका जनप्रतिनिधिहरु र जिम्मेवार कर्मचारीहरु एकैपटक करिब हप्ता दिनसम्म कार्यालयमा अनुपस्थिती रहनु सुशासन र जवाफदेहीताको अधिकार विरुद्ध रहेको छ।होलेरी खबरले पालिकामै पुगेर किन एकैपटक जनप्रतिनिधि र जिम्मेवार कर्मचारीहरु पालिका बाहिर रहे भन्ने प्रश्नको जवाफ माग्न पालिका अध्यक्ष पुन र उपाध्यक्ष केसीलाई सम्पर्क गर्दा उनीहरुको फोन उठेन।त्यसपछि प्रमुख प्रशासकिय अधिकृतलाई डाँगीलाई सम्पर्क गर्दा उनले आफू काम विशेषले विदामा रहेको र मंगलबार साझसम्म कार्यलय आइपुग्ने जावाफ दिए।

प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा बिगत १ महिना देखि एमबीबीएस डाक्टर र फार्मेसीस्ट नभएर डाक्टरबिहिन र फार्मेसी बन्द रहेको लथालिङ्ग अवस्था जस्तै नियति पालिकामा पनि देखिन थालेको छ।तुलनात्मक प्रश्नमा भने निमित्त प्रशासकीय प्रमुख सानुबावू खड्काले आफूहरू समृद्ध रुन्टीगढी बनाउँनेतर्फ उन्मुख रहेको बताउँदै स्थानिय सरकारको लापरबाहीको बचाऊ गरेका छन्।

पालिका भित्रका अन्य कुनै सरकारी कार्यालयमा अनियमितता भएको खण्डमा त्यसलाई नियमन गर्ने भुमिकामा रहेको स्थानिय सरकाको कार्यालयमा देखिएको लापरबाहीले भने कुशल नेतृत्व र सुशासनमथि प्रश्न उठाई रहेको छ।

भिडियो

प्रतिक्रिया दिनुहोस