होलेरी- तत्कालीन १० बर्षे माओवादी जनयुद्ध ताका उनी जनमुक्ति सेनामा होमिए।अर्थात मुलुक परिबर्तनका लागि निर्माणहरुले माओवादी पार्टीको रक्षा मात्रै गरेनन् इतिहास बोकेको आजको माओवादी पार्टी निर्माणमा समेत ठुलो योगदान गरे ।
रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिका वडा नं १ निवासी मीन बहादुर थापा (निर्माण)किशोर अवस्थामै माओवादी क्रान्तिमा होमिए।क्रान्तिकारी स्वभावका उनलाई पार्टीले जनमुक्ति सेनामा भर्ती गर्यो।निर्माण थुप्रै लडाइँहरु लडे।गोली,बम,बारुद र छरराहरु नजिकबाट गुज्रन्थे।तर मुलुक परिबर्तन गरेर नेपाली जनताका मुहारमा खुसी भर्ने संकल्प बाहेक निर्माणलाई मृत्युको भयले समेत प्रभावित बनाउन सक्दैन थियो।निर्माणसंगै हिडेका थुप्रै निर्माणहरु आँखा अगाडि ढल्दा पनि निर्माणका हात खुट्टा कहिल्यै गलेनन्।उनलाई लाग्थ्यो एकदिन मर्नुनै छ मरेपनी जनता र मुलुकका खातिर मर्छु।उनी प्राण बाजि लगाएर निरन्तर युद्धमा होमिए।थुप्रै पिडादायी कठोर संघर्षमा पनि मुस्कुराउन छोडेनन्।
२०५२ शाल देखि अविराम चलेको तत्कालीन माओवादी जनयुद्व २०६२/६३ शालको बृहत् शान्ति सम्झौतापछि मुलुकमा युद्ध बिराम भयो।त्यसपछि पार्टी संगठनमा निर्माणमा जुटे।निर्माणले साझ बिहान घरमा खेतीपाती गर्दै पार्टी र संगठनलाई समय दिन्थे।बिचार र आदर्शलाई केन्द्रमा राखेर अगाडि बढेका निर्माणलाई २०७४ शालको स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रले रुन्टीगढी १ बाट वडा अध्यक्षको टिकट दियो।उनी वडा अध्यक्षमा निर्वाचित भए।निर्वाचित भएपछि उनले आफ्नो सरल स्वभावका शाथ जनताको सेवा गरे।उनी रातको समयमा राजनैतिक बिचार सिद्धान्त र बिज्ञानका कुराहरू लगायत अन्य इतिहासहरु अध्यन गर्ने गर्दथे।त्यसो त निर्माण जनमुक्ति सेनामा हुँदा देखिनै अध्यनलाई पनि प्राथमिकता दिदै आएको बताउँछन्।
एक अवधी वडा अध्यक्षको सफल कार्यकाल बिताएका निर्माणलाई पार्टी दोस्रोपटक पनि टिकट दियो।यद्यपि उनी २०७९ शालको निर्वाचनबाट भने पराजय भए।पराजयलाई पनि सहर्ष स्विकार गर्दै निर्माणले केही समय पार्टीमै निरन्तर काम गर्दै गए।समयक्रम संगै निर्माण केही समयका लागि रोजगारीको खोजीमा छिमेकी राष्ट्र भारतको गुजरातमा पुगे।त्यसपछि उनले बिगत डेढ बर्ष देखी भारतमा श्रम गरिरहेका छन्।निर्माण भन्छन् `म जुन अवस्थामा छु खुसी र सन्तोष छु।म आफ्नै खुसीले श्रम गर्न आएको हुँ।मलाई कसैसंग गुनासो छैन।मैले स्वदेशमै बसेर पनि जिबिका चलाउन सक्थे।मैले आफ्नै क्षमताले वा सुबिधाजनक ढंगबाट हाम्रा पार्टीका नेताहरूलाई भनेर स्वदेशमै पनि रोजगार बन्न सक्थे।तर मलाई एकपटक प्रदेशको अनुभव पनि बटुल्न मन लाग्यो।थुप्रै नेपाली युवाहरू विदेशमा छन्।एकपटक आफूले पनि अनुभव र महशुस गरेर हेरौं भन्ने लाग्यो।त्यसैले भारत प्लायन भए।यसैपनि सबैले श्रम गरेर खाने कम्युनिस्ट चरित्र भएकाले मलाई श्रम गर्ने कुरामा ठूलो र सानो प्रकृतिको काम हुन्छ भन्ने लाग्दैन।श्रमजीवीहरुका पक्षमा लडेको पात्र हुँ।सधै श्रमको सम्मान नै गर्छु´-उनले भने।
निर्माण स्थानिय राजनैतिक पृष्ठभुमिका हिसाबले नेकपा माओवादी केन्द्रबाट भावी रुन्टीगढी गाउँपालिका अध्यक्षका दावेदारका रुपमा समेत चर्चामा रहेका ब्यक्ति हुन्।राजनैतिक बिषयमा निर्माण भन्छन् `हिजो कुनै बेला बन्दुक बोकेर लड्नु पर्ने समयको माग थियो।पछि वडा अध्यक्ष भएर जनताको सेवा गर्ने पनि समयको माग थियो।तर आज खाली समयमा म केही समय देश बाहिर रहेको मात्रै हुँ जनता,पार्टी र राष्ट्र भुलेको छैन।फर्केर निरन्तर सक्रिय राजनीति नै गर्छु।तर युवाहरू समाजमै बसेर आत्मनिर्भर बनाउने राजनीतिमा मेरो जोड हुन्छ´-उनले भने।
संगै युद्व लडेका कतिपय सहयात्री आज सम्पन्नशाली बनिसकेका छन्।पछिल्लो समय राजनीतिमा हालीमुहाली भएका नेता,कार्यकर्ताहरु,जागीर,ठेक्कापट्टा,उपभोक्ता समिति आदिमा पकट जमाउँदै गइरहेको अवस्थामा राजनैतिक प्रतिष्ठा र लोकप्रियता हुँदाहुँदै पनि निर्माणले अरुको श्रम गरेरै चित्त बुझाउनु उनको सरलताको प्रतिक हो।राजनीतिमा बिचौलियापन र चरम अवसरवाद हावी हुँदै गएपनी आफ्नै कर्ममा विश्वास गर्ने निर्माणहरु समाजमा कमै भेटिन्छन्।