ताजा अपडेट

रुन्टीगढी सरकारलाई कार्यकर्ता भर्ती केन्द्र बनाउन एमालेपथलाई उछिन्दै वर्तमान अध्यक्ष जनक पुन

होलेरी- दक्षिण रोल्पाको स्थानिय सरकार रुन्टीगढी गाउँपालिका समय-समयमा विवाद आइरहन्छ।

`गाउँ-गाउँमा सिंह दरबार´भन्ने नारा सहित २०५४ शालपछि २० बर्षको अन्तरालमा संघिय ढाचासहित मुलुकमा २०७४ शालमा स्थानिय तहको निर्वाचन भएको थियो।लगातार २० बर्षसम्म स्थानिय सरकारविहिन बनेका जनताले `गाउँ-गाउँमा सिंह दरबार´ भन्ने नारा सुन्दा खुसीले मख्ख बनेका थिए।त्यसमा पनि मध्य र न्यून आर्थिक अवस्थाका नागरिक बसोबास गर्ने दक्षिण रोल्पाको रुन्टीगढीवासी झनै हर्षित बनेका थिए।यसैविच २०७४ शालको स्थानिय निर्वाचनमा रुन्टीगढी गाउँपालिकाको नेतृत्वमा नेकपा एमालेबाट उम्मेदवार बनेका बालाराम बुढा मगर निर्वाचित बने।उनी निर्वाचित भएपछि उनीमाथि थुप्रै नैतिक प्रश्न उठ्न थाले।पदको आडमा पत्रकार थर्काएको देखि स्थानिय सरकारको करार पदमा नातेदार र कार्यकर्ता भर्ती लगायत कार्यकर्तामुखी निर्माण कार्य र ठेक्कापटा दिने गरेको लगायत अनिगिन्ती नैतिक आरोप लागे।

तत्कालीन अध्यक्ष बुढा मगरलाई यस्ता थुप्रै आरोप लगाउने र चर्को विरोध गर्ने राजनैतिक दल थियो नेपाली काङ्ग्रेस रुन्टीगढी ।उक्त दलको नेतृत्व हालका पालिका अध्यक्ष जनक पुनले गरेका थिए।स्थानिय सरकारको गतिविधि विरुद्ध पटक-पटक बिज्ञप्ती निकाल्ने देखि विरुद्धमा नाराबाजी र कालो झण्डा देखाउनेसम्मको कार्य भएका थिए।

यद्यपि अध्यक्ष बुढाको पालामा विकासका पुर्वाधार विस्तार,पर्यटन प्रबर्द्धन सम्बन्धि कार्यक्रम र २ चरणको कोराना महामारीमा नागरिक ब्यबस्थापन कार्य भएको थियो।

यस बिचमा तत्कालीन निर्वाचनमा तेस्रो बनेको तटस्थ रहेको नेकपा माओवादी केन्द्र शुरुवाती चरणमा दुई प्रमुख कम्युनिस्ट पार्टी एकिकरणका कारण मौन देखियो।त्यसयता पनि उसले कुनैपनि गतिविधि गरेको थिएन।

परिणामस्वरुप २०७९ शालको स्थानीय तहको निर्वाचनमा रुन्टीगढी गाउँपालिका नेतृत्वमा तत्कालीन स्थानिय सरकारको सबैभन्दा बढी विरोध गरेर नैतिक प्रश्न उठाउनमा सफल रहेका नेपाली काङ्ग्रेसबाटै रुन्टीगढी गाउँपालिका सभापति जनक पुनलाई जनताले निर्वाचित बनाई दिए।सत्तामा रहेको नेकपा एमाले तेस्रो स्थानमा रह्यो।

अरुलाई नैतिक प्रश्न उठाउन र विरोध गर्ने कलामा सफल सावित भएका अध्यक्ष पुनले `शुरु-शुरुमा नयाँ जोगीले धेरै खरानी घस्छ´भन्ने उखान झै दैबी प्रकोपमा परेका पीडितहरुका सहयोगका लागि राज्यकोषबाट खरिद गरिएको राहत सामाग्री हस्तान्तरण गर्नेहरूका घर नजिकैसम्म सवारीमा र घर नजिकै पुगेपछि सामाग्री काँध हालेको भिडियो निर्माण गरेर सामाजिक संजालमा स्टन्ड गर्ने गरे ।जबकी सोही भिडियोमा उनीसंगै गएका सहयोगीहरु खाली हात हिडिरहेका देखिन्थे।विरोध र आश्वासनका चाङबाट उदाएका अध्यक्ष पुनबाट जनताहरुले परिबर्तनको ठुलो आशा राखेका थिए।तर उनी पनि समयसंगै अन्ततः नैतिक मार्गमा आफूलाई स्थापित गराउँन भने असफल बनेँ।उनी आफ्नै गतिविधिका कारण विरोध र विवादले घेरिए।उनले सबैभन्दा बढी विरोध गरेका २०७४ को स्थानिय सरकारकै मार्गमा उनी अगाडि बढे।

अध्यक्ष पुनले पनि निर्वाचित भए लगत्तै पदको दम्भमा पत्रकार थर्काउने,आफै सूचक रहेर आफ्नै छोरीको दोहोरो जन्मदर्ता बनाउने प्रयास,करार कर्मचारीमस नातेदार र कार्यकर्ता भर्ती,निर्माण र ठेक्कापट्टामा नातेदार र कार्यकर्तामुखी,यस बर्ष असार १० गते बजेट पारित गर्न नसक्नु,राज्यकोषको रकमबाट फर्जीबिलमा पत्रकारलाई प्रलोभनको प्रयास लगायतका गतिविधिबाट अध्यक्ष पुन पनि अछुतो रहन सकेनन्।रुन्टीगढीमा उनी निर्वाचित भएयता गरिएको होलेरी बजार देखि प्राथमिक स्वास्थ्य केन्द्रसम्मको डेढ किलोमीटर मोटरबाटो कालोपत्रे करिब आधा जति अल्पत्र रहेको छ।विकास र पर्यटन प्रबर्द्धन सम्बन्धि गतिविधिमा शुन्यता रहेको छ।

यस आर्थिक बर्ष स्थानिय सरकार रुन्टीगढीले करार सम्झौता नविकरण गरिदिएन।नेकपा एमाले र नेकपा माओवादी निकट कार्यपालिका सदस्यहरुले अध्यक्ष पुनले टेबल गरेको सामी कार्यक्रमको निरन्तरताको विरोधमा अध्यक्ष पुनले करार नविकरण नगरिदिएको कतिपयको बुझाई रहेको छ।अध्यक्ष पुनले कतार सम्झौता नविकरण नगर्नुको कारण थियो अघिल्लो पटक अध्यक्ष बालाराम बुढा मगर अध्यक्ष हुँदा नियुक्त गरेका करार कर्मचारीहरुलाई जागिर मुक्त गर्ने।फलतःविभिन्न पदमा रहेका ११ जना कर्मचारी यसपटक जागीरबाट बर्खास्त भए।अध्यक्ष पुनले टेबुल गरेको वैदेशिक रोजगार साह्यता कार्यक्रम (सामी)बाट उनले नियुक्त गरेका कर्मचारीहरु एमाले र माओवादी कार्यपालिका सदस्यहरूका विरोधबाट पदमुक्त हुने भएपछि त्यसैको प्रतिक्रियास्वरुप अध्यक्ष पुनले करार सम्झौता नविकरण नगरिदिएको कतिपयको बुझाई छ।

रुन्टीगढी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष गणेश गिरीका अनुसार काम गरिरहेका कर्मचारीहरुलाई पदमुक्त गर्नु पर्ने कारण बुझ्न खोज्दा पालिका अध्यक्ष पुनले अहिलेलाई `क्रियाको प्रतिक्रिया भन्ने बुझ्नुस्´भन्ने जवाफ दिएका थिए।२०७४ को स्थानिय सरकारले नियुक्त गरेका करार कर्मचारीहरु मध्ये एमाले नेता कार्यकर्ताहरुका छोराछोरी र नातेदारहरु रहेका थिए।जसमा तत्कालीन गाउँपालिका उपाध्यक्ष छमाया पुनको बुहारी,एमालेबाट निर्वाचित वडा अध्यक्षका छोराछोरी र नातेदारहरु समेत छन्।तत्कालीन अध्यक्ष बुढामगरले आफ्नै छोरा र छोरीलाई पनि करार जागीरमा नियुक्त गरेका थिए।उनका छोराले उच्च शिक्षाका लागि पहिलेनै जागीर छोडी सकेका थिए भने छोरीलाई भने जागीरबाट बर्खास्त गरिएको छैन।

निवर्तमान अध्यक्ष बालाराम बुढामगर र हालका पालिका अध्यक्ष जनक पुन नातामा मामा भन्जा हुन्।अध्यक्ष पुन निवर्तमान पालिका अध्यक्ष बुढामगरका दिदीका छोरा हुन्।तत्कालीन समयमा मामा स्थानिय सरकार प्रमुख रहेकै बेला फरक दलबाट भान्जाले गरेको चर्को विरोधलाई मानिसहरुले अस्वभाविक रुपमा समेत आकलन गर्ने गर्दथे।

कर्मचारी बर्खास्तको बिषयलाई लिएर नेकपा एमालेले विभिन्न कारण देखाउँदै नेपाली काङ्ग्रेसमा बिचार नराखेकै भरमा कर्मचारी बर्खास्त गरेको भन्दै बिज्ञप्ती जारी गरेको छ।

एमालेको बुधबारको बिज्ञप्ती

यसबाट पनि तत्कालीन अध्यक्ष बालाराम बुढाको कार्यकालमा नियुक्त गरिएका र हाल बर्खास्त गरिएका कर्मचारीहरु नेकपा एमाले निकट रहेको पुष्टि हुन्छ।लिखित र मौखिक परिक्षाका नाममा औपचारिकता मात्रै पुर्याएर नियुक्त कर्मचारीहरु सहभागी आवेदकहरु मध्ये नै उत्कृष्ट कसरी भए?भन्ने चर्चाको बिषय रहेको छ।

पालिका अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष पुनले पनि कर्मचारी नियुक्तिमा उस्तै नियति दोह्रोर्याएका छन्।उनले २ बर्षमा दर्जन बढी पार्टीका कार्यकर्ता र नातेदारहरु करारमा भर्ती गरेको चर्चा छ।नेपाली काङ्ग्रेसबाट २०७९ को स्थानिय निर्वाचनमा वडा अध्यक्षमा प्रत्यासीहरुका छोराछोरी,पार्टीमा पदबहाल कार्यकर्ता,आफ्ना नातेदार भर्ती गरेको चर्चा छ।केही समय पहिले निवर्तमान अध्यक्ष बुढामगरले होलेरी खबरसंगको संवादमा पालिकालाई काङ्ग्रेसको भर्ती केन्द्र बनाएको आरोप लगाएका थिए।यसपटक पनि औपचारिकता पुर्याएर नियुक्त गरिएका काङ्ग्रेस निकट मानिएका कर्मचारीहरु मात्रै अन्य सहभागी आवेदक र प्रतिस्पर्धीहरु मध्ये कसरी अव्वल रहे?चर्चाको बिषय रहेको छ।

बुधबार आफ्ना पार्टी निकट कर्मचारीहरु निस्कासन गरिएको झोकमा रुन्टीगढी एमालेले सार्वजनिक गरेको बिज्ञप्तीको प्रत्युत्तरमा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले सामाजिक संजाल फेशबूकमा प्रतिक्रिया लेखेका छन्।उनले यो अवस्था निम्त्याउने कार्यको शुरूवात एमालेले गरेको बताएका छन्।

पालिका अध्यक्ष पुनको बुधबारको एमाले बिज्ञप्तीको प्रतिक्रिया

पालिकालाई समृद्ध बनाउन र जनताका जनजिविका उकास्न जनपक्षीय कार्य गर्नु पर्ने साझा वहदामा रहेका नेतृत्वहरुले नै विभेदयुक्त कार्य गरेपछि रुन्टीगढीको भविष्य अन्योलमा रहने पक्का छ।यस्तो प्रवृत्तिले `गाउँ-गाउँमा सिंह दरबार´नभएर गाउँ-गाउँमा सिंहहरु आएका अनुभुती सर्वसाधारण जनताले गर्न थालेका छन्।

सत्तामा जुन दल पुग्यो त्यही दलले पालैपालो मनपरि गर्ने जस्तो बिकृत परम्परा कायम राख्ने प्रयास भएको छ।जुन पहुँच नभएका सर्वसाधारणहरुका अधिकारमाथि हनन् गरिएको छ।

प्रतिक्रिया दिनुहोस