होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ५ ले वार्षिक सार्वजनिक सुनुवाइ यहि असार २७ गते बिहिवार गर्ने भएको छ।
वडा कार्यालयमा आयोजना हुने उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा पालिका भित्रका सम्पुर्ण क्रियासिल राजनैतिक दल,विद्यालय ब्यबस्थापन समिति,आमा समुह,सामुदायिक वन उपभोक्ता समिति,युवा क्लब,बाल क्लब लगायत सर्वसाधारणहरुमा उपस्तिथिका लागि वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीको अनुरोध रहेको छ।