ताजा अपडेट

फर्जी बिलमा राज्यकोषको दुरुपयोग गर्न खोज्दै स्थानीय सरकार रुन्टीगढी(भिडियो सहित)

होलेरी- गाउँ-गाउँमा सिंह दरबार भन्ने नारा सहित देशमा संघीयता लागु भएर स्थानीय सरकारको निर्वाचन भएको ७ बर्ष बित्यो।२०७९ को स्थानिय तह निर्वाचनपछि दोश्रो चरणका जनप्रतिनिधिहरुले आफ्नो २ बर्षे कार्यकाल पार गरेका छन् ।गाउँ-गाउँमा सिंह दरबार नभएर पछिल्लो समय गाउँ-गाउँमा मनपरि,अनियमितता र भ्रष्टाचारका लहरहरु मौलाउन थालेका छन्।

दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन र उपाध्यक्ष सरिता के.सी.ले स्थानिय एक सञ्चारकर्मीलाई कुनै पनि सूचना प्रकाशन/प्रसारण नगरेको अवस्थामा पनि फर्जी बिल बनाएर पेश गरि पालिकाबाट भुक्तानी लग्न पटकपटक भनेको खुल्न आएको छ।कुनै सूचना प्रकाशन/प्रसारण नगरेरै राज्यकोषको दुरुपयोग गर्ने मानसिकता देखिएको छ।वास्तविक खबर नामक युटुव च्यानल सञ्चालन गर्दै आएका रुन्टीगढी गाउँपालिका वडा नं ३ कट्टेधाराका सञ्चारकर्मी बलबिर नेपालीलाई पालिका अध्यक्ष जनक पुन र उपाध्यक्ष सरिता के.सी.ले कुनै सूचना प्रकाशन नगरेको अवस्थामा पनि कुनै दर्ता वाला मिडियाको बिल बनाएर भुक्तानी लग्न पटकपटक प्रलोभनमा पार्न खोजेपछि सञ्चारकर्मी नेपाली बाध्य भएर जनप्रतिनिधिहरुकै गैरकानुनी कार्य र अख्तियारि दुरुपयोगको प्रयास विरुद्ध होलेरी खबरको सम्पर्कमा आएर गुनासो गरेका थिए ।सञ्चारकर्मी नेपाली होलेरी खबरका समाचारदाता समेत हुन्।

सञ्चारकर्मी बलबिर नेपालीका अनुसार पहिलो पटक २०८० मा सम्पन्न भएको सुर्योदय मावी रुन्टीगढी गाउँपालिका वडा नं ४ को वार्षिक उत्सवमा प्रमुख अतिथि बनेर पुगेका गाउँपालिका अध्यक्ष जनक पुनले होलेरी फर्कने क्रममा बोलाएर ‘कुनै सहयोग गर्नु पर्ने भए दाईलाई सम्झनु´ भनेर भनेको बताए।दोस्रोपटक जेठ महिनामा काम विशेषले होलेरी बजार आएका सञ्चारकर्मी नेपालीसंग बजारमै भएको भेटमा पालिका अध्यक्ष पुनले पहिल्यै भनेकै शब्द दोहोर्याए ।तेस्रोपटक पनि काम विशेषले होलेरी बजार आएका सञ्चारकर्मी नेपालीलाई होलेरी बजारबाट गाउँपालिकाको कार्यालयसम्म जाँदै गरेका पालिका अध्यक्ष जनक पुन,उपाध्यक्ष के.सी. र प्रेस संयोजक कमल खड्का सवार गाडी रोकेरै बोलाएर सिधै कुनै दर्ता वाला मिडियाको बिल लिएर खर्च पानी स्वरुप भुक्तानी लग्न भनेको बताए ।पहिलो र दोस्रोपटक कुनै सहयोग गर्ने भन्नुको अर्थ सामाजिक कार्यमा जनमुखी कार्यमा अध्यक्ष ज्युले आश्वासन दिनु भएको होला भन्ने सोचेका सञ्चारकर्मी नेपाली झसङ्ग भएको बताउँछन्।किन भने उनले आजसम्म स्थानीय सरकार रुन्टीगढी गाउँपालिकाबाट कुनै सूचनाहरु सम्प्रेषण गरेका थिएनन् ।र त्यस अघि पालिकाबाट जनचेतनाका लागि प्रकाशन/प्रशारण गर्ने जिम्मेवारी नदिइएको सञ्चारकर्मी नेपाली बताउँछन्। सामाजिक प्रसङ्गमा सहयोगको आश्वासन होला भन्ने सोचेका सञ्चारकर्मी नेपाली झसङ्ग भएको बताउँछन्।किन भने उनले आजसम्म स्थानीय सरकार रुन्टीगढी गाउँपालिकाबाट कुनै सूचनाहरु सम्प्रेषण गरेका थिएनन् ।र त्यस अघि पालिकाबाट जनचेतनाका लागि प्रकाशन/प्रशारण गर्ने जिम्मेवारी नदिइएको सञ्चारकर्मी नेपाली बताउँछन्।

रोल्पाको भुमिमा करिब दशक निस्पक्ष र स्वतन्त्र पत्रकारीता गरिरहेका सञ्चारकर्मी नेपालीलाई स्थानिय तहको नेतृत्व गरिरहेका जिम्मेवार जनप्रतिनिधिले गलत बाटोबाट आश्वासन र प्रलोभन दिएको कुराले अचम्मित परेको बताउँछन् ।तेस्रो पटकको भेटमा उपाध्यक्ष र प्रेस संयोजक सहित संगै गैरकानुनी कार्य गर्न सुझाएका पालिका अध्यक्ष र उपाध्यक्ष पालिकातर्फ लागेको सञ्चारकर्मी नेपालीको भनाई रहेको छ ।

यो सिलसिला यतिकैमा रोकिएन ।पालिका अध्यक्ष पुन र सञ्चारकर्मी नेपालीको त्यसपछि भौतिक रुपमा भेट भएन तर अध्यक्षले देखाएको गैरकानुनी प्रलोभनलाई निरन्तरता गाउँपालिका उपाध्यक्ष सरिता केसीले दिन थालिन्।त्यसको भोलिपल्ट साझ साझ नै आफ्नै वडावासी समेत रहेका सञ्चारकर्मी नेपालीलाई उपाध्यक्ष केसीले सामाजिक सञ्जाल फेशबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएर म्यासेज गरिन्।उनले अध्यक्षको प्रस्तावलाई निरन्तरता दिइन्, कुनै पनि मिडियाको बिल लियर आउन प्रस्ताव गरिन्।।फोन मार्फत समेत पालिका अध्यक्ष र उपाध्यक्षले यस्तो प्रस्ताव गरे पछि पालिकाका प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगिलाई फोन मार्फत जानकारी लिदा उनले पनि संचार संस्थाबाट पालिकाको कुनै पनि सुचना तथा कार्यक्रम प्रकाशन/प्रसारण नगरे पनि अध्यक्ष ज्युले कार्यकर्ता भुलाउने हो भने दुइचार हजार मिलाउन सकिन्छ अरुले पनि लगेका छन् भन्दै गैरजिम्मेवारि प्रतिक्रिया दिएका छन्।
स्थानिय सरकारका प्रमुखहरुबाटै यस्तो गैरजिम्मेवारि र गैरकानुनि प्रक्रिया मार्फत राज्यकोष दोहोन गर्ने कार्य निकै खेदजनक छ।।नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष जनक पुन यस अघि पनि निरन्तर विवादमा आइरहने पात्र हुन्।रुन्टिगढि सरकारले यहि गलत प्रक्रिया मार्फत राज्यकोष कति दुरुपयोग गरेको छ सम्बंधित निकायहरुको ध्यानकर्षण हुन अति आवश्यक छ।नागरिकहरुले विश्वासका साथ मत दियर पठाएका राज्यकोषका रक्षक नै भक्षक बन्न थाले पछि समाज र राष्ट्रमा भ्रष्टचार मौलाउने संकेत प्रष्ट छ।

भिडियो

https://youtu.be/sSYrrKZJKlA?si=tVqsFYII6ZO9XkO7

प्रतिक्रिया दिनुहोस