होलेरी- नेकपा (माओवादी) केन्द्र त्रिवेणि गाउँपालिका वडा न.२को वडा अधिवेशन सम्पन्न भएको छ।वडा कमिटीका अध्यक्ष तथा सम्मेलन संयोजक ङनमासिङ बुढाको अध्यक्षता बसेको भेलामा सनिबार लुम्बिनी प्रदेश कमिटी सदस्य भक्त बहादुर घर्ती ( नवीन)को प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेश कमिटी सदस्य तथा ४ न. वडा अध्यक्ष गङा प्रसाद घर्ती ( सुर्य) पालिका कमिटी सचिव तेकराज पुन,जिल्ला सम्मनय सदस्य तेक बहादुर घर्ती, पोखलाल बि.क लगाएत अथितीहरुको सहभागीतामा वडा कमिटी अधिवेशन सम्पन्न भएको गरिएको हो।
अधिवेशनबाट रेशम बुढा अध्यक्ष , हरिदेबी बुढा उपाध्यक्ष ,र गोबिन्द घर्ती सचीव रहने गरि २५ जना सदस्य वडा कमिटी मण्डल टोलि सर्बसहमत गठन गरिएको छ । तेस्तै नेकपा एमाले परित्याग गरि ६ जना कार्यकर्ता ले नेकपा माओवादीमा प्रवेश गरेका छन ।