होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष घनबहादुर घर्तीले समाजलाई आत्मनिर्भरता र समृद्विसंग जोड्नलाई भौतिक पुर्वाधारहरुको विकाससंगै सामाजिक चेतनाको स्तरलाई माथी उकास्न आफूहरू लागि परेको बताएका छन् ।
कृषि उत्पादनमा प्राथमिकता,प्रविधिको प्रयोग,समाजमा रहेका बालबिबाह लगायतका बिकृती जस्ता कुराहरू न्यूनीकरण गर्न आफूहरूले गतिविधि गरिरहेको बताएका हुन्।सोमबार होलेरी खबरसंग संवादमा वडा अध्यक्ष घर्तीले रुन्टीगढी गाउँपालिका संभावना बोकेको स्थानीय तह भएकाले यसको समग्र रुन्टीगढीको मुहार फेर्नलाई पालिका नेतृत्व सबल बन्नु पर्ने जोड दिएका हुन्।
भिडियो