होलेरी- दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ५ धौलाबाङको प्रहरी चौकीको भवन अत्यन्त जिर्ण रहेको छ।
तत्कालीन दस बर्षे माओवादी जनयुद्ध अगाडि अस्थाई रुपमा र शान्ति सम्झौतापछि स्थाई रुपमै रहेको उक्ति प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको कमान्डमा जम्मा ७ जना शुरक्षाकर्मी रहदै आएको यो भवन निकै पुरानो रहेको छ।मर्मत अभावमा दिनानुदिन जिर्ण बन्दै गइरहेको छ। प्रहरी चौकीले बर्षौँ पहिले स्थायित्व प्राप्त गरिसकेको भएयता पनि आफ्नै भवन भने छैन।तत्कालीन माओवादी दस बर्षे जनयुद्ध अगाडि कृषि विकास बैंक बसेको उक्त स्थानमा बैंकले तत्कालीन समयमा कच्ची भवन निर्माण गरेको थियो।मुलुकमा द्वन्द्वको माहोल सृजना भएपछि बैंकले आफ्नो नाममा रहेको जग्गा र भवन खाली गरेर धौलाबाङ छोडेको थियो।मुलुकमा बृहत शान्ति सम्झौता भएपछि २०६२/०६३ शालपछि अस्थाई रुपले धौलाबाङ रहेको प्रहरी चौकीलाई संस्थागत गरेर कुङ्ग्री गाउँमा कृषि बिकास बैंककै भवनमा राखियो।तर त्यस यता दशकौं बितिसक्दा समेत धौलाबाङ प्रहरी चौकीले आफ्नै भवन प्राप्त गर्न सकिरहेको छैन।
धौलाबाङ प्रहरी चौकीमो धौलाबाङमै आफ्नै स्वामीत्वमा रहेको जग्गा पनि छ।यद्यपि भवन भने छैन।केही दिन अगाडि चलेको हावाहुरीले जिर्ण भवनको टिन नै उडाउँदा पानी चुहिएर कष्टकर अवस्था भोग्नु परेको यहाँ कार्यरत प्रहरीहरु बताउँछन्।पानी पर्दाको समयमा भवनको आधा भागमा पानी चुहुने समस्या रहेको धौलाबाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक जनार्दन चौधरीले जानकारी दिए।बेला बेला भवनको ढुङ्गा समेत खस्ने उनले बताए ।
समाज,नागरिक र राष्ट्रमा शान्ति शुरक्षा र अमनचयन कायम गर्न अहोरात्र खट्ने निकाय प्रहरीहरु आफैलाई भने आफू बसेकै भवनबाट भने शुरक्षित महशुस गर्ने अवस्था नरहेको यहाँ कार्यरत प्रहरीहरुको दुखेसो रहेको छ।उक्त प्रहरी चौकीको भवन निर्माण गर्न वडा कार्यालयबाट संभव नरहेपनि प्रहरीहरुलाई शुरक्षित र सहज तरिकाले सेवा प्रवाह गर्नका लागि उक्त भवनको आवश्यक मर्मत गर्नका लागि वडा कार्यालयबाट बजेट उपलब्ध गराइ दिने रुन्टीगढी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीले बताएका छन्।शुरक्षाकर्मीहरुलाई सहज रुपमा नागरिकलाई सेवा प्रवाह गर्ने वातावरण मिलाएमा मात्र नागरिक र समाज शुरक्षित हुने बताउँदै वडा अध्यक्ष डाँगीले प्रहरी चौकीको आफ्नै जग्गामा पक्की भवन निर्माण गर्न पहल गर्ने बताएका छन् ।