काठमाडौं- अदालतमा बिचाराधिन रहेको कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिहोरियाका पक्षमा अभिव्यक्ति दिएका मह जोडी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यप्रति सामाजिक सञ्जालहरुमा व्यापक आलोचना भएपछि अन्ततः सामाजिक सञ्जाल फेशबूकमा भिडियो मार्फत उनीहरुले माफी मागेका छन्।
दोहोरो नागरिकता र कृते गरेर वंशजको नागरिकता लिएको आरोपमा सिहोरिया अनुसन्धानका लागि थुनामा रहेका छन्।मह जोडीले अदालतमा बिचाराधिन मुद्दामा आफूहरू बोल्न नहुने भन्दै दर्शक माझ आत्मालोचना गरेका छन्।