त्रिवेणी- गर्मी तथा सुख्खा मौसम लागेसंगै रोल्पाको त्रिवेणि गाउँपालिकाको वडा नम्बर २ लोलेखोलामा खाने पानीको हाहाकार भएको छ।
नजिकमा पानीको मुहान नहुँदा र भएको मुहान पनि सुख्खा मौसमको कारण सुक्दै गएपछि स्थानीयलाई खाने पानी ल्याउनको लागि घन्टौ हिडेर पनि ३/४ घण्टा पालो कुर्नु पर्ने बाध्यता रहेको स्थानीयले दुखेसो व्यक्त गरेका छन् ।गाउँ नजिकै पानीको मुहान नभएको कारण करिब ८/९ बर्ष पहिले बि.एस सस्थाको पन्ध्र लाख रुपैया लागतमा सौर्य लिफ्टिङ खाने पानी आयोजना गाउँ देखि तलको मुहान बाट लिफ्टिङ गरिदिए पछि केही सहज भएको थियो ।तर अहिले उक्त अहिले लिफ्टिङ उपकरणम समस्या आएपछि स्थानीयलाई सास्ती भएको छ।
लिफ्टिङ बिग्रेको करिब दुई बर्ष भयो लिफ्टिङ अहिलेसम्म नि जिर्ण अबस्थामा रहेको छ ।पुनः संचालनमा ल्याउनलाई कुनैपनी सम्बन्धित निकायले चासो नदिएको स्थानियहरुको गुनासो रहेको छ।स्थानीय सरकार देखि प्रदेश सरकार सम्मलाई उक्त लिफ्टिङ मर्मतका लागि पटक -पटक आवाज उठाए पनी स्थानीय सरकारले भने वास्ता नगरेको उनीहरुको भनाई रहेको छ।
स्थानिय जनप्रतिनिधिहरुको लापरबाहीका कारण बस्तुभाउलाई समेत बोकेर पानी खुवाउनु पर्ने शास्ती रहेको स्थानियहरु बताउँछ्न्।