ताजा अपडेट

रुन्टीगढी ९ गुनाममा खानेपानी,विद्युत लगायत पुर्वाधारमा समस्या रहेको गुनासो

होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ९ गुनाम गाउँमा खानेपानी,मोटरबाटो,विद्युत,सिंचाइ लगायतका पुर्वाधारमा समस्या रहेको स्थानियहरुको गुनासो रहेको छ।

गुनाम गाउँसम्म पुग्ने मोटरबाटो जिर्ण रहेको छ।लामो समय देखि स्थानिय सरकारले मर्मत गरिदिन चासो नदिएको स्थानिय भिमबहादुर वलीले दुखेसो पोखे।करिब ७० घरधुरी भन्दा बढी संख्यामा बसोबास रहेको उक्त गाउँमा हाल गाउँमा कोहि आकस्मिक बिरामी पर्दा एम्बुलेन्स समेत आवातजावत गर्न सक्ने अवस्था नरहेको उनले बताए।मोटरबाटोको अवस्था जिर्ण रहेकाले मोटरसाइकलमा समेत गाउँबाट दुई जना बसेर आवतजावत गर्न नसकिने स्थानिय वलीको भनाई रहेको छ।जनप्रतिनिधिहरु र स्थानिय सरकार आफूहरुको समस्या प्रति गम्भीर नबनेको उनले बताए।आधा गाउँमा मात्रै विद्युत बिस्तार भएकाले २१ औं शताब्दीमा पनि स्थानियहरु अन्धकारमा बस्न बाध्य बनिरहेको उनले बताए।त्यस्तै गुनाम गाउँमा खानेपानीको हाहाकार छ।५ कक्षासम्म प्रावि तहपछि १० कक्षा सम्म पढ्न बालबालिकाहरु दैनिक २ घण्टासम्म हिडेर सर्पाल पुग्नु पर्ने बाध्यता रहेको स्थानियहरुले बताए।

चुनावका बेला पटकपटक आएर आश्वासन दिएका नेता र जनप्रतिनिधिहरुले फर्केर नहेरेको उनीहरुको गुनासो रहेको छ।

प्रतिक्रिया दिनुहोस