ताजा अपडेट

रुन्टीगढी अध्यक्ष पुन,उपाध्यक्ष केसी सहित वडका जनप्रतिनिधि र कर्मचारी एक हप्ते कर्णाली भ्रमणमा

होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन,उपाध्यक्ष सरिता केसीको नेतृत्वमा वडा नं ३ का वडा अध्यक्ष गणेश गिरी बाहेक सबै वडा अध्यक्ष र केही कर्मचारीहरु एक हप्ते कर्णाली प्रदेशको भ्रमणमा पुगेका छन्।आर.एन.एन. संस्थाले उनीहरुलाई भ्रमण लगेको बताइएको छ।बैशाख १८ गते उनीहरुले होलेरीबाट कर्णाली प्रदेशको यात्रा तय गरेका हुन्।

कर्णाली प्रदेशको विभिन्न जिल्लाको भ्रमण गरेर बैशाख २३ गते भोलि पालिकामा फर्कने जानकारी प्राप्त भएको छ।भ्रमण ब्यबस्थापक आर.आर.एन. गरेको भएपनी पालिका अध्यक्ष पुनले पालिकाको गाडी समेत भ्रमणमा प्रयोग गरिरहेका छन्।जनस्तरमा व्यापक आलोचना हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस