ताजा अपडेट

रुन्टीगढीका इन्जिनियर लोकेन्द्र वलीको हर्कत,कामको गुणस्तरमा प्रश्न उठ्दा भागेर सामाजिक सञ्जालमा दोहोरी

होलेरी- रुन्टीगढी गाउँपालिकाका प्राविधिक इन्जिनियर लोकेन्द्र वलीले निर्माण कार्यको गुणस्तरीयताका बिषयमा उठेको प्रश्नको जवाफ दिनुको साटो उल्टै सामाजिक सञ्जालमा खनिएका छन्।

केही साता अघि रुन्टिगढीको केन्द्र होलेरी बजार देखि वडा नं ५ कार्यालय दुबिडाँडासम्म जोड्ने मोटरबाटोको निर्माणाधिन कार्यमा स्थानिय सागर विश्वकर्माले कामको मापदण्ड र गुणस्तरीयता चित्तबुझ्दो नभएको भन्दै होलेरी खबरसंग सो बिषयमा सत्यतथ्य उजागर गरिदिन अनुरोध गरेका थिए।आफूले पनि निर्माण सम्बन्धि थुप्रै काममा सहभागी भएको हुँदा गुणस्तरीयतामा शंका भएकाले समयमै नियमन गरेर ढुक्कता सृजना गरिदिन अनुरोध गरेका थिए। रुन्टीगढी ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीलाई ध्यानाकर्षण गराएपछि वडा अध्यक्ष डाँगीले जनताको प्रश्न रहेकाले एकपटक नापजाँच गर्ने भनेर सम्बन्धित स्थलमा पालिकाकाबाट इन्जिनियर लोकेन्द्र वलीलाई बोलाए।त्यसको केही समयपछि इन्जिनियर वली निर्माण कार्य भैरहेको स्थानमा आइपुगे तर उनी नापजाँच गर्ने कुनैपनी उपकरण नल्याएर खाली हात आएका थिए।शुक्रबारको दिन करिब १२ बजेको समयमा होलेरी खबरले उनिसङ्ग जवाफ माग्न खोज्दा नापजाँच गर्ने उपकरण नल्याएको बताए।त्यसपछि कार्यालय गएर फिता लिएर आउँने आश्वासन दिएर गएका उनी फर्केर आएनन्।वडा अध्यक्ष डाँगी सहित होलेरी खबर टिमले उनलाई करिब ४५ मिनेट जति घाममै प्रतीक्षा गरिरह्यो।तर उनले फोन समेत उठाई दिएनन्।

होलेरी खबर सम्बन्धित बिषयमा जे-जे भयो त्यही बिषयलाई समाचारको रुप दिएर प्रकाशन गर्यो।त्यसपछि शृङ्खलावद्व रुपमा लोकेन्द्र वली नामक उनको सामाजिक सञ्जाल मार्फत हाम्रा सामाग्री शेर गरेर चुनौती दिदै स्ट्याटस लेखेका छन्।समाचारका बिषयमा चित्त नबुझेमा खण्डन गर्ने अथवा नियामक निकाय जाने अधिकार हुदाहुदै पनि इन्जिनियर वलीले जनताका प्रश्नको जवाफ दिनुको साटो सामाजिक सञ्जाजामा खिल्ली उडाउने प्रयास गरेका छन्।

कुनैपनि सामाजिक वा सार्वजनिक बिषयमा जिज्ञासा राख्नु जवाफ पाउनु सर्वसाधारण नागरिकको सूचनाको हकको सुनिश्चितता संवैधानिक अधिकार हो ।संविधानले नै जवाफदेहीताको शर्त लागु गरेको छ।प्रश्न उठाएका स्थानिय सचेत युवा सागर विश्वकर्मा इन्जिनियर वलीको गैरजिम्मेवारी पनको खबर निराश बनेका थिए।

यसै बिषयमा सोमबार आज सो बिषयमा इन्जिनियर वलीसंग होलेरी खबरले जनताका प्रश्नका जवाफ नदिएर सामाजिक सञ्जालमा चुनौती खडा गर्नु तपाईंको धर्म हो?भनेर सोध्दा उनले कसैप्रती पुर्वाग्रह राखेर सामाजिक सञ्जालमा नलेखेको बताउँदै नापजाँच गर्ने वा नगर्ने आफ्नो ब्यक्ति अधिकार भएको जवाफ दिए।

सम्बन्धित भिडियो

प्रतिक्रिया दिनुहोस