दाङ- दाङको बङ्लाचुली गाउँपालिका वडा नं ३ र ६ का जनता खानी पानी अभावले काकाकुल बनिरहेका छन् । विगत लामो समय देखि खानेपानीको समस्या हल गर्न विभिन्न शीर्षकमा बजेट आए पनि पहिला भन्दा झन खानेपानीको समस्या जटिल बन्दै गएको स्थानीय वासिन्दाको भनाई छ।वडा नं ३ र ६ को बस्तीमा झन्डै ८० घरधुरी रहेका छ्न्।बचेनिका वासिन्दा अहिले केही कम्पनीहरु संग मागेर पानी खान बाध्य बनेका छन् ।
स्थानीय सरकार आएको ७ वर्ष पुगिसकेको छ तर पनि यहाँका जनताका आधारभुत आवश्यक्ता खानेपानीको सम्म हल गर्न नसक्नु निकै दु:खद पक्ष रहेको स्थानिय बुद्धिजीवीहरुको भनाई छ।हालसम्म करोडौं बजेट खर्च गरे पनि त्यो बजेट सहि ठाउँमा प्रयोग गर्न नसकेको हुँदा अहिले समुदायमा खानेपानीको अभाव कायम रहन गएको हो।
ट्यांकरबाट ढुवानी गरेर काकाकुल समुदायलाई बिहान -१ गाग्री र साझ -१ गाग्री पानी समुदायले मिलेर खाने गरेको समुदायका अगुवा बिष्णु महराले जानकारी दिए। स्थानीय सरकार भएपनि समुदायको समस्या हल गर्न नसकेको वडा न. ६ का वडा सदस्य हिमाल महराले बताए।बंगलाचुलिका धेरै ठाँउ र बस्तीहरुमा खाने पानीको निकै समस्या रहेको बङ्लाचुलिका स्थानियहरुको जनगुनासो रहेको छ।
ट्यांकर बिग्रीए वा कम्पनीले फोन नउठाए पानीको निकै समस्या हुने र घरमा खानेपानी सम्म नहुने गाउँका महिलाहरुको गुनासो छ।सबै निकायमा पानीको समस्या सुनाउँदा छिट्टै पानीको व्यवस्था हुने आश्वासन दिइने गरिएपनि अहिलेसम्म खानेपानीको हल हुन सकेको छैन।खडेरीमा मुहानहरु सुक्दै जाने कारण पानीको बढी प्रयोग हुने भएकोले पानीको महत्त्व बढेको छ।
लेखक सुशील परियार दाङ स्थित होलेरी खबर संवाददाता हुनुहुन्छ।