होलेरी- रोल्पाको होलेरी बजारमा अतिक्रमित देवि भगवती मन्दिरको जग्गामा निर्मित संरचनामा स्थानीय सरकार रुन्टीगढी गाउँपालिकाले शुक्रबार आज डोजर चलाएको छ।
देवि भगवती मन्दिरको संरचनाको जग्गामा मन्दिरकै जग्गामा मन्दिर पुनर्स्थापना गर्नु पर्ने बिषयमा बिगत देखिनै स्थानीय सञ्चार माध्यमका रुपले होलेरी खबरले निरन्तर सामाग्रीहरु प्रकाशन गर्दै आएको थियो।
उक्त जग्गाको संरक्षकको भुमिकामा रहेको रुन्टिगढी गाउँपालिकाले डोजर लगाएर संरचना भत्काएको छ।
तस्वीर : रेडियो होलेरीबाट