ताजा अपडेट

साउदीको जेलमा बन्दी बनाइएका रोल्पाका बिनोदलालको उद्वार,घरमै गरियो स्वागत

रोल्पा- रोजगारीका लागि साउदी अरब पुगेर सडक दुर्घटनाको आरोपमा १० बर्ष कैद सजाय र ३० हजार चार सय ६० रियाल जरिवानाको फैसला सुनाइएर साउदीमै कारागार जीवन बिताइरहेका रोल्पा माडी गाउँपालिकाका बिनोदलाल परियारको उद्वार गरिएको छ।

उनको उद्धारका लागि २०८० मंसिरदेखि फाल्गुनसम्म माडी ५ सरुवाका रोशन परियारको संयोजकत्वमा अभियान चलाइएको थियो । माडी ५ भावाङका वडा अध्यक्ष तेजेन्द्र वुढामगर र अभियानका सक्रिय सदस्य तथा ने. क. पा.(माओवादी केन्द्र) का कार्यवाहक अध्यक्ष भरत बहादुर वुढामगर (वसन्त)द्वारा हस्तान्तरण गरिएको छ ।
सहयोगबाट जरिवाना तिरेर उद्वार गरिएका बिनोदलालालाई उनको आफ्नै घरमा स्वागत गरिएको अभियनता भरत बुढा मगरले जानकारी दिएका छन्।

अभियानमा संकलन सहयोग,खर्च र सहयोगीदाताका नामावली
जम्मा संकलित रकम :-रु.११,५७,१६२/
खर्चतर्फ:
-बिनोदलालको साउदी जेलमा तिरेको रु.१०,६४,०७०/-

  • बिनोदलाललाई काठमाडौदेखि घरसम्मको भाडा रु.१५३९५/-
  • रसिद छपाई+छाप बनाउदा रु. ५८००/-
  • जम्मा खर्छ रु.१०,८५,२६५/-
  • बचेको रकम रु .७१,९००/-
    यस बचत रकमलाई तपसिलका दुर्घटना तथा रोगले ग्रसित र उपचारारत व्यक्तिलाई सहयोग स्वरुप रकम कार्यक्रमका प्रमुख अतिथि माडी ५ भावाङका अध्यक्ष श्री तेजेन्द्र वुढामगर र अभियानका सकृय सदस्य तथा ने. क. पा.(माओवादी केन्द्र) का कार्यवाहक अध्यक्ष श्री भरत बहादुर वुढामगरद्वारा हस्तान्तरण गरियो।
    १-गणसरी वली(माडी ५ टाङधारा):- रु.८,०००/-
    २-नरबहादुर वली(माडी ५ झौबाङ) :-रु.८,५००/-
    ३-पर्मलाल वुढामगर(माडी ५ वाङ्मा):- रु.८,५००/-
    ४-प्रेम घर्तीमगर(माडी ५ एनावाङ):-रु.८,५००/-
    ५- अस्मिता बि.क.(थवाङ ४, तेलखोला)रु.९,०००/-
    ६-नरसिङ वुढामगर(माडी ५ जङमाङ) रु. १०,०००/-
    ७-अमरबहादुर वुढमगर(माडी५ जङमाङ)रु.८,५००/-
    ८-हरिकला घर्ती मगर(माडी५, झौवाङ) रु. ७,५००/-
    र कार्यक्रम व्यवस्थापन खर्च रु.३,४००/- गरि खर्च भएको छ।
    यस बिनोदलाल परियार उद्दार अभियानमा आबद्द भैइ आफ्नो भूमिका निर्वाह गर्नुहुने ;
    १- भिमबहादुर बाठा मगर( चिरन)
    २-सन्तबहादुर घर्तीमगर
    ३-धनबहादुर वुढामगर
    ४-सविना घर्ती मगर
    ५-पहिलो पाईला नेपाल
    ६-प्रकाश बिक
    ७-विष्मलाल परियार
    ८-हिरालाल घर्ती
    ९-लोकेन्द्र वुढा मगर
    १०- अमर डाँगी
    ११- गौप्रसाद घर्ती
    १२-तिर्थ वुढामगर
    १३- अन्तरास्ट्रिय रोल्पाली सेवा समाज कतार शाखा
    यस अभियानका मूख्य संयोजक
    १- गंगाराम वुढामगर(जि आर गाउँले)- यस युनिट टिम परवासी समूहका अध्यक्ष
    २ रुपेश बिक
    ३ मन बहादुर परियार
    ४ भरत बहादुर वुढा मगर – ने.क.पा.( माओवादी केन्द्र) माडी गा. पा. कार्यवाहक अध्यक्ष
    ५ प्रशासनिक सहजीकरण तेजेन्द्र वुढामगर
    लाई अभियनताहरुले कृतज्ञता प्रकट गरेका छन्।

प्रतिक्रिया दिनुहोस