ताजा अपडेट

रुन्टिगढी ५ रोल्पाका सुन्दर घर्तीको उपचारका लागि दिदीबहिनी कृषि समुहबाट आर्थिक सहयोग

होलेरी- ढाडमा समस्या आएर बिरामी परेका रोल्पा
रून्टिगढी गाँपालिका वडा नं ५ हापखोलाका १८ बर्षिय सुन्दर घर्तीको उपचारका लागि रुन्टिगढी ५ कुमिरबोट टोलमा गठित दिदीबहिनी कृषि समुहद्वारा मासिक बैठकबाट प्रति महिना १०० रुपैयाँ जम्मा गरेको रकमबाट १५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

सुन्दर घर्ती बचाउ अभियान अन्तर्गत वडा अध्यक्ष गोविन्द बहादुर डाँगीलाई शुक्रबार एक कार्यक्रमकाबिच सहयोग रकम हस्तान्तरण गरिएको छ।उक्त सहयोग हस्तान्तरण कार्यक्रम समुहकि अध्यक्ष बिष्णु बस्नेतको अध्यक्षतामा भएको हो। कार्यक्रममा बोल्दै अन्य वडा अध्यक्ष डाँगीले अन्य सहयोग भन्दा मानव सेवाका लागि गरिने सहयोग पुण्यकर्म हुने बताउँदै स्वदेश तथा विदेशमा रहेर सहयोग गर्ने वडावासी लगायत सम्पुर्ण सहयोगी मनहरुप्रती कृतज्ञता ब्यक्त गरेका थिए।सुन्दर घर्तीको उपचारका लागि सामुदायिक वन, आमा समूह, कृषि समूह, विधालयका कर्मचारी ज्यूहरु, संघ संस्था, सहकारी संस्था , राजनैतिक दल, जनप्रतिनिलागी,सञ्चारकर्मी तथा पत्रकारहरु आ-आफ्नो तर्फबाट सक्दो सहयोगमा जुट्न अनुरोध समेत गरेका छन्
वडा नं ५ कि सामाजिक परिचालक लक्ष्मी दसौंदी थापाले कार्यक्रमको सहजीकरण गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस