ताजा अपडेट

दुबिडाँडा जाने मोटरबाटो स्तरोन्नतिको कार्यमा मापदण्डको प्रश्न,गाउँपालिका प्राविधिक वलीले गरे बेवास्ता

होलेरी- रुन्टीगढी गाउँपालिकाको केन्द्र रोल्पाको होलेरी बजार देखि गाउँपालिकाको वडा नं ५ दुबिडाँडा सम्म जाने मोटरबाटो स्तरोन्नति गर्नका लागि रुन्टिगढी ५ नं वडा कार्यालयको २० लाख र रुन्टीगढी गाउँपालिकाको २० लाख गरि ३० लाख बजेटमा स्तरोन्नतिको कार्य भैरहेको होलेरी-दुबिडाँडा मोटरबाटो स्तरोन्नति मापदण्डको बिषयमा स्थानियले प्रश्न उठाएका छन्।


शुभकामना

शुक्रबार रुन्टीगढी ५ निवासी सचेत युवा सागर विश्वकर्माले स्तरोन्नति भैरहेको मोटरबाटोको मापदण्डको बिषयमा आफूलाई आशंका लागेको भन्दै होलेरी खबर समक्ष गुनासो गरे।विश्वकर्माले बिगतमा आफू पनि थुप्रै मोटरबाटो निर्माण र स्तरोन्नतिका कार्यमा सहभागी भएको अनुभव सुनाउँदै उक्त मोटरबाटोमा भैरहेको सोलिङ र वाल मापदण्ड भन्दा कम भएको आशंका रहेकाले यस बारे समाचार सप्रेषण गरेर आफूहरुमा ढुक्कता पैदा गरिदिन अपिल गरे।

त्यस लगत्तै होलेरी खबरले रुन्टिगढी ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगी समक्ष स्थानियको गुनासो बारे ध्यानाकर्षण गराएपछि वडा अध्यक्ष डाँगी होलेरी आएर रुन्टिगढी गाउँपालिकाबाट प्राविधिक लोकेन्द्र वलीलाई बोलाए।प्राविधिक वली सम्बन्धित स्थलमा सडक नापजाँच गर्ने कुनैपनी उपकरण नलिएर पुगेका थिए।स्थानिय गुनासो र प्रश्न सुनाउदै होलेरी खबरले प्राविधिक वलीलाई सम्बन्धित नागरिकलाई स्पष्ट गराउनु पर्ने कुरा राख्दै अनुरोध गरेपछि शुरुमा उनले आज नापजाँच गर्न नसकिने बताए।

त्यसपछि शुक्रबार कार्यालयिक समय भएकाले नापजाँच गरिदिन अनुरोध गर्दै होलेरी खबरले समाचार संकलनको कार्य अगाडि बढायो।त्यसपछि बाध्य भएर प्राविधिक वलीले आफूलाई क्यामेरामा देखिन रुचि नभएको बताए।प्रत्युत्तरमा होलेरी खबरले उनको स्वतन्त्रतालाई स्विकार गर्दै क्यामेरामा देखिन पर्ने बाध्यता नरहेको र कार्यको मापदण्ड नापजाँच गरेर मापदण्ड पूरा भए नभएको जानकारी मात्र दिनका लागि अनुरोध गर्यो।त्यसो भए मापदण्ड नापजाँच गर्नका लागि उपकरण लिएर आउँछु भनी आफ्नो कार्यालय गाउँपालिकामा पुगेका प्राविधिक वलीले आफू आउँन नसक्ने भन्दै सम्बन्धित स्थलमा होलेरी खबर संगै उनि फर्केर आउँने आशामा कुरेर बसेका वडा अध्यक्ष डाँगीलाई जानकारी गराए।

जनताका प्रश्न र आशंका भएकाले प्राविधिक झिकाउन कुनै औपचारिक प्रक्रिया पुर्याउन होलेरी खबर तयार रहेको जानकारी गराउन र उनीसंग थप कारण माग्न उनलाई २ पटक लगातार फोन गर्दा फोन उठाएनन्।उनले उपकरण लिएर नापजाँच गर्न फर्किने भन्दै करिब आधा घण्टा प्रतीक्षा गराएर सम्बन्धित स्थलमा फर्किएनन् भने फोन समेत नउठाएर जवाफदेहीताको सवाल गैर जिम्मेवारीपन प्रस्तुत गरेका छन्।

गाउँपालिका प्राविधिक गैर जिम्मेवारीपन प्रती रुन्टिगढी ५ का सचेत युवा एवम् उक्त सडक स्तरोन्नतिको कार्यप्रति प्रश्न उठाउने सागर विश्वकर्माले वडापालिका र गाउँपालिकाको बजेट जनताहरुकै पैसो भएको बताउँदै आफ्नो गाउँसम्म पुग्ने सडक दिगो रुपसम्म टिकाउ बनाउन सम्बन्धित निकायले समयमै नियमन गरेर जनतालाई ढुक्कता बनाउनु पर्ने बताएका छन्।मापदण्ड अनुसार नै काम भैरहेको भएपनि त्यसको जानकारी आफूहरूले पाउनु पर्ने अधिकार रहेकाले सम्बन्धित निकायको बेवास्ताप्रती दु:ख व्यक्त गरेका छन्।

भिडियो

प्रतिक्रिया दिनुहोस