होलेरी- रास्वपा सभापति एवं नेपाल सरकारका उपप्रधान एवम् गृहमन्त्री रबि लामिछानेले केही महिना अघि रोल्पा आएको समयमा होलेरीका एक शहिद परिवारका छोरा पढाई दिने आश्वासन दिएका थिए।
तत्कालीन दस बर्षे जनयुद्धको समयमा राज्य पक्षबाट मारिएका रुन्टिगढी ६ का सहिद वामदेव वि.क. को परिवारको अवस्था नजुक रहेको र छोरा ठगेन्द्रलाई उच्च शिक्षा पठनपाठन गराउन मुस्किल भएको भन्दै सहिद वामदेवकि पत्नी तुलसी वि.क.ले गुहार मागेकी थिइन्।गृहमन्त्री लामिछानेले उनका छोरा ठगेन्द्र्लाई पठनपाठन गराउने जिम्मा आफूले लिने वाचा गरेर तुल्सीलाई चिन्ता नगर्न भनेर काठमाडौं फर्किएका थिए।
त्यतिबेला गृहमन्त्रीको पदमुक्त बनिसकेका लामिछानेले सहिद परिवारको लागि मद्दत गर्नलाई हाल उनी पुनः गृहमन्त्रीका रुपमा सरकारमा छन्।सहिद परिवार नयाँ दलका नेताले आफूहरूलाई मद्दत गर्छन् कि भन्ने पर्खाइमा बसिरहेका छन्।
भिडियो