होलेरी- गत चैत २१ गते निधन भएका रुन्टिगढी ५ सैबाङ निवासी स्वर्गीय रामबहादुर घर्तीको परिवारलाई सोमबार रुन्टिगढी गाउँपालिका वडा नं ५ वडा कार्यालय र रुन्टिगढी ५ जस्पुर ठेगाना भैइ हाल घोराही उपमहानगरपालिका वडा नं १४ शब्जी मण्डीस्थित ब्यापार गर्दै आएका ब्यापारी एवं समाजसेवी तारा डाँगीद्वारा सयुक्त रुपमा खाद्यान्न सामाग्री सहयोग हस्तान्तरण गरिएको छ।शोकाकुल परिवारको आर्थिक अवस्था नाजुक रहेकाले सहयोग गरेको रुन्टिगढी ५ का वडा अध्यक्ष गोबिन्दबहादुर डाँगीले जानकारी दिए।
सहयोग हस्तान्तरण कार्यक्रममा रुन्टिगढी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोबिन्दबहादुर डाँगी,गाउँ कार्यपालिका सदस्य रिता केसी,नेकपा माओवादी रुन्टिगढी पार्टी संगठन सचिवालय सदस्य,नेकपा एमाले रुन्टिगढी गाउँ कमिटी अध्यक्ष अमराज बस्नेत,समाजसेवी तारा डाँगी,लगाएतको सहभागीता रहेको थियो।
स्वर्गीय घर्तीको अल्पायुमै अकल्पनीय निधन भएको समाजले एक कुशल समाजसेवी गुमाएको बताउँदै बक्ताहरुले शोक व्यक्त गरेका थिए।स्वर्गीय रामबहादुर घर्ती लामो समय देखि सामाजिक सेवामा सक्रिय ब्यक्ति थिए।
कार्यक्रमको सहजीकरण रुन्टिगढी ५ का वडा सचीव भागवत घिमिरेले गरेका थिए।