ताजा अपडेट

काङ्ग्रेसहितको गठबन्धनमा मन्त्री हुनबाट बन्चित बनेका रोल्पाका नेता पुनले लिए लुम्बिनीमा मन्त्रीको सफत

होलेरी- प्रदेश र संघको गत निर्वाचनमा चुनावमा होमिएको ५ तत्कालीन ५ दलिय गठबन्धनबाट रोल्पा प्रदेश (ख) बाट स्वतन्त्र रुपमा प्रदेश सभामा उम्मेदवारी दिएर गठबन्धनका उम्मेदवार काङ्ग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई परायज गरेका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य दिपेन्द्र पुन (सिजल)ले आइतबार लुम्बिनी प्रदेश सरकारमा बिना बिभागिय मन्त्रीको सफत ग्रहण गरेका छन्।

शुभकामना

काङ्ग्रेस नेतृत्व यस भन्दा अघिल्लो प्रदेश सरकारमा चुनावमा घात गरेको आरोपमा काङ्ग्रेसका प्रदेश सभापति पुनले सहमति नदिएको चर्चा चुलिएको थियो।फलस्वरूप प्रदेश सरकारले पुर्णता पाउन सकिरहेको थिएन।

राष्ट्रिय राजनीतिमा नेकपा एमाले सहित नयाँ गठबन्धन बनेपछि रोल्पाबाटै मुख्यमन्त्री नियुक्त भएका माओवादी नेता तथा नेकपा माओवादी लुम्बिनी प्रदेश सभा संसदिय दलका नेता जोखबहादुर महरा सहित सांसद पुनले बिना बिभागिय मन्त्रीको सफत लिएका छन्।पुन तत्कालीन १० बर्षे जनयुद्धमा एउटा हात र दोश्रो हातको पनि औलाहरु गुमाएका नेता हुन्।

शुभकामना

प्रतिक्रिया दिनुहोस