होलेरी- ढाडमा समस्या भएको रुन्टिगढी ५ का बिपन्न परिवार एक मात्र छोरा सुन्दर घर्ती बचाउ अभियान अन्तर्गत उनलाई उपचार गर्न २१ गते बुधवार घोराही देखि काठमाडौ विकलाङ्ग मित्र समूह द्वारा संन्चालित अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना वनेपा काभ्रेमा बिहिवार देखि सुक्रबार चेकजाँच सम्पन्न भएको छ।मंगलबार देखि भर्ना गर्ने अस्पतालका प्रशासन प्रमुख नेत्र बहादुर देउजाले जानकारी गराएका छन्।
सुन्दरको उपचारका लागि समन्वयका भुमिकाका सक्रियताका शाथ प्रतिनिधि सांसद ईश्वरी घर्तीले निभाई दिएको उनको उपचारका लागि काठमाडौं पुगेका रुन्टिगढी ५ का वडा अध्यक्ष गोबिन्दबहादुर डाँगीले जानकारी दिएका छन्।
युवा व्यवसायी समाजसेवि तारा डाँगीले सुन्दरको उपचारका लागि काठमाडौं जान र आउँनका लागि आफ्नै गाडी निशुल्क रुपमा सहयोग गरेकाले निकै सहज भएको वडा अध्यक्ष डाँगीको भनाई रहेको छ।सबैको सहयोगले सुन्दर घर्तीको उपचारका लागि केही राहत मिल्दै गएको उनले बताए।मानवीयताका शाथ पीडित सुन्दर घर्तीका लागि सहयोगी हातहरु बढ्दै जाने वडा अध्यक्ष डाँगीले बताए।