होलेरी- नेकपा एमाले रुन्टिगढी गाउँ कमिटीले आज नवनिर्बाचित जिल्ला कमिटीका पदाधिकारीहरुलाइ स्वागत तथा वडा अधिवेशनको तयारीका साथै रुन्टिगढी गाउपालिकाको अधिवेशनका लागि ९ वटै वडाबाट अधिवेशन प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न गरेको छ।
होलेरीस्थित जंगल रिसोर्टमा आयोजित कार्यक्रमबाट वडा अधिवेशन प्रतिनिधि छनोट चैत ३० गते तय गरेको छ भने गाउपालिकाको अधिबेशन प्रतिनिधि छनोट आगामी बैशाख ७ र ८ गते गर्ने निर्णय गरेको गाउँ कमिटी पार्टी अध्यक्ष अमराज बस्नेतले जानकारी दिएका छन्।