होलेरी- महेन्द्र मावि होलेरीको जुर्नेटा स्थित रहेको जग्गामा विद्यालयकै निर्णय अनुसार लिजमा बसेकाहरूले पुनर्निर्माण गरेका र गर्न लागेका अस्थायी टहराहरुमा निति,बिधि र प्रक्रिया बिपरित नगर प्रहरी पठाएर निर्माणाधीन टहरा भत्काउन शक्तिको आडमा बल प्रयोग गरेको स्थानिय सरकार रोल्पाको रुन्टिगढी गाउँपालिका मौन बसेको छ।
सम्बन्धित विद्यालयलाई कुनै जानकारी नदिई विद्यालयको जग्गामा ठाडो हस्तक्षेप गर्ने प्रयास गरेको रुन्टिगढी सरकार असफल भएपछि त्यसको केहि दिनमै पालिका अध्यक्ष जनक पुन बजारमा पुगेर जिर्ण टहरा पुनर्निर्माण गरेका एक सहिद परिवारलाई धम्की दिएको सहिद परिवारको भनाई रहेको थियो।
तर निति,नियम निर्माण गरेर कार्यान्वयन गर्ने स्थानिय सरकार आफैले निति नियम र प्रक्रिया बिपरित उदण्ड मच्चाउन खोजेपछि असफल बेहोरेर मौनतामा सिमित बनिरहेको छ।
त्यसको केहि दिनपछि पालिकाले सर्वदलीय बैठक आयोजना गरेर बिबिध बिषयमा छलफल राख्दै घुमाउरो तरिकाबाट विद्यालयको उक्त जग्गा होलेरीमा नमुना बस्ती बनाउने प्रस्तावमा पनि छलफल गरेको कुरा सार्वजनिक भएको थियो।यद्यपि सम्बन्धित विद्यालयसंग समन्वय नगर्दासम्म पालिका असफल नै रहने देखिन्छ।
सरकारी संस्थाको जग्गा भएपनि यसको आफ्नै ऐन हुनेभएकाले विद्यालयको मन्जुरी बिपरित स्थानिय सरकारले बल प्रयोगको कार्य गरेमा विद्यालयले चाहेमा स्थानीय सरकारसंग कानुनी लडाइँ हुनसक्ने जानकारहरुको भनाई रहेको छ।