होलेरी-दक्षिण रोल्पाको रुन्टिगढी गाउँपालिकाका सबै ९ वटाको संख्यामा वडा पालिकाहरु रहेका छन्।गत स्थानिय निर्वाचनमा वडा नं ८ को उम्मेदवार बनेकि तुल्सी पुन निर्वाचित बनिन्नि उनी र्वाचित भए देखिनै उनले आफ्नो क्षमता अब्बल सावित गर्दै आइन्।उनले सामाजिक बिकास एकता र बिकासका लागि वडा देखि पालिकासम्म खरो रुपमा प्रस्तुत हुन थालिन्।त्यसपछि वडा अध्यक्ष पुनको सर्वसाधारण जनताहरुद्वारा चर्चा हुन थाल्यो।उनी लोकप्रिय बन्दै गइन्।
गरिब,बिपन्न र असाह्यहरुका घाउमस मलहम लगाउदै अगाडि बढिन्।वडा कार्यालयबाट सर्वसाधारणहरुको कार्य सम्पादन चुस्तदुरुस्त बनाइन्।र वडामा बिपन्न परिवारकि असाह्य एक महिला सुत्केरी हुँदा उनलाई सकेको सहयोग गरेर उनले उच्च मानवीयताको भाव समेत प्रकट गरेकि थिइन्।
उनी निर्वाचित भए पछि पहिलोपटक वडामा विद्युत लाइन बिस्तार गर्न सफल भइन्।वडा अध्यक्ष पुन यतिमै रोकिनन्।स्पष्ट बक्ता उनी आफैले मोटरसाइकल चलाएर जनताका घर-घरमा पुगेर समस्या,गुनासो तथा शुख,दु:ख बुझ्ने र सम्बोधन समेत गर्ने गर्दछिन्।पहाडको बाटोमा आफैले मोटरसाइकल चलाएर उनले आफूलाई शाहसी महिलाको रुपमा सावित गरेकि छिन्।महिलाहरु चुलोचौकोमा मात्रै सिमित हुनुपर्छ भन्ने पुरातन सोचलाई चुनौती दिदै उनले महिलाहरूले चाहेमा असंम्भव भन्ने कुनै पनि कुरा नरहेको पुष्टि गर्न सफल भइन्।उनले महिला शसक्तिकरणमा अब्बल भुमिका निर्वाह गरेकि छन्।
रुन्टिगढी गाउँपालिका वडा नं ८ भौगोलिक हिसाबले विकट मानिन्छ।तर वडा अध्यक्ष पुन निर्वाचित भए यता वडाको हरेक कार्यक्रममा उल्लेखनीय रुपमा महिलाहरूको सहभागीता बढाउन सफल भएकि छन्।महिलाहरूलाई सामाजिक कार्यमा जागरुक बनाएर शसक्त बनाउँदै आएकी छन्।