होलेरी-रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ५ निवासी नुन्द कुमार घर्ती आमा आशामाया घर्तीको कोखबाट तीन सन्तान दुई छोरी र एक छाेरा रहेका छन्।छोरा १८ वर्षिय सुन्दर घर्ती ढाडको हड्डी निस्किएर नसा तानिएर खुट्टा नै नलाग्ने अवस्था हुन पुग्यो हिड्डुल गर्न पनि नस्कने अवस्थामा रहेका छन्।बिपन्न आर्थिक अवस्थाको उक्त परिवारमा गत वर्ष बुबा नुन्दबहादुरको मुटु भल्बको अप्रेशन भएकाले उनले पनि नियमित औषधि सेवन गरिरहेका छन्।
उक्त परिवारमा बिडम्बनाको श्रृङ्खला यतिमै मात्र रोकिएन।ईट्टा भट्टामा काम गर्ने क्रममा आमा आशामायाको खुट्टा भाचिएर खुट्टा नै काट्नु पर्यो।दुबै छोरीहरुको बिहे भैसकेको छ।परिवारमा भएको एक मात्र छोराको उपचार गर्न आर्थिक अवस्था निकै कमजोरी भएको कारण समस्या भएकाले उनको उपचारका लागि संभावना कम थियो।त्यसपछि यो परिवारमा रुन्टिगढी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीको ध्यान पुग्यो।वडा अध्यक्ष डाँगीले उक्त परिवारले भोगिरहेको नियतिका बारे जानकारी पाएपछि सुन्दरकि उपचारका लागि सामाजिक सञ्जालमार्फत बुबा नुन्दकुमारको बैंक खाता नं राखेर सहयोगको आह्वान गरे।त्यसपछि मनकारी ब्यक्ति र सहयोगी हातहरु निरन्तर अगाडि बढिरहेका छन्।वडा अध्यक्ष डाँगीले सहयोग रकम निरन्तर जम्मा भैरहेकाले उनको उपचार हुन सक्ने आशा पलाएको बताएका छन्।
`यो परिवारले श्रृङ्खलागत रुपमा भोगेको पीडा बारे जानकारी पाएपछि म उक्त परिवारलाई भेट्न पुगेको थिए।त्यसपछि म निकै भक्कानिए,छट्पटिए।तर म एकजनाले मात्रै चाहेर उहाँको उपचार गर्न संभव थिएन।त्यसैले यस्ता समस्या सबैलाई पर्न सक्ने भएकाले मानवीय पीडा कम गर्न मानवीय साह्यता लिने सोच बनाए।हाल सहयोग रकम निरन्तर प्राप्त भैरहेको छ।यस्तै निरन्तर सहयोग प्राप्त भएमा छिटै उपचार हुन्छ´-वडा अध्यक्ष डाँगीले भने।
सुन्दरको उपचारका लागि वडा अध्यक्ष डाँगी अनुरोध गर्छन्।
`मनकारी साथीहरूमा बुवा नुन्द कुमार घर्तीको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नं ४३१०१००००२९४३०१० मा सहयोग गरिदिनहुन हार्दिक अनुरोध छ।सम्पर्क मोबाइल नम्बर बुवाको ९८०९५८६५८४ , ९७६५८७४०४१ सम्पर्क गरि सहयोग गरिदिनहुन विनम्र अनुरोध छ।
सुन्दर घर्ती बचाउ अभियानमा जोडिन चाहानुहुने सहयोगी मनहरुलाई वडा अध्यक्ष गोविन्द बहादुर डाँगी मेरो सम्पर्क नम्बर ९८४७८२६१३९ मा सम्पर्क गरि पुण्यकर्ममा सहयोग गरिदिनहुन विनम्र अनुरोध छ।´