दाङ- लमही नगरपालिका वडा नम्बर ९ अमेलियामा अबस्थित स्व. खुमबहादुर खडकाको शालिका अनावरण गर्न नेपाली काङ्ग्रेसका पार्टी सभापति शेर बहादुर देउबा चैत्र १६ दाङ आउने भएका छन । कांग्रेसभित्रका प्रभावशाली नेता मानिने स्व. खुम बहादुर खडकाको योगदान लाई सम्मान गर्दै यो शालिकको शिलान्यास दुई वर्षअघि तत्कालीन महामन्त्री पूर्णबहादुर खड्काले गरेका थिए ।
शालीन अनावरण कार्यक्रममा काङ्ग्रेसका सह-महामन्त्री किशोर सिंह राठौर, सह- महामन्त्री महालक्ष्मी डिना उपाध्याय , केन्द्रिय सदस्य दिपक गिरि , केन्द्रिय सदस्य कृष्ण किशोर घिमिरे , केन्द्रिय सदस्य गेहेन्द्र गिरी लगाएतका नेताहरुको उपस्थिति रहने नेपाली काङ्ग्रेस दाङले जनाएको छ ।
काम सम्पन्न भैसकेको अबस्थामा पनि शालीन अनावरणमा विभिन्न प्राबिधिक कारणले ढिलो हुन गएको तर यहि चैत्र १६ गते सालिक अनाबरण गरिने जानकारी सालिक निर्माण समितिका संयोजक तथा दाङ क्षेत्र नम्बर १ का सभापति भेष राज पाण्डेले जानकारी गराए ।