होलेरी- तत्कालीन १० बर्षे जनयुद्ध ताका बजार किनमेल गर्न होलेरी बजार आएको समयमा तत्कालीन शाही नेपाली सेनाले गोलि हानी हत्या गरेका रुन्टिगढी ६ का सहिद बामदेव विकका परिवारलाई आज दिउँसो रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन उनीहरुकै निवासमा पुगेर अमानवीय ढंगबाट धम्क्याएको बताउँदै सहिद वामदेवकि श्रीमती तुलसीले द्वन्दमा राज्यले श्रीमान खोसेर बिधुवा बनाएको र न्याय पाउने आशामा बाचिरहेको बेला अहिले स्थानिय सरकारले गुजारा गर्दै आएको टहरा खोसेर बगरमा पुर्याउन खोजेको बताएकि छन्।
महेन्द्र माद्यामिक विद्यालय होलेरीको निर्णय अनुसार विद्यालयलाई मासिक रुपमा भाडा बुझाएर उसकै होलेरी जुर्नेटास्थितको जग्गामा सयौं सर्वसाधारणहरु दशकौंदेखि बसोबास गर्दै आएका छन्।पछिल्लो समय विद्यालयले निर्णय गरेर लिजमा दिएको उक्त जग्गामा दोहोरो सम्झौता अनुरुप निर्मित अस्थाई टहराहरु प्रति सम्बन्धित संस्थासंग कुनै समन्वय नगरेरै रुन्टिगढी गाउँपालिकाले बल प्रयोग गर्न थालेक छ।सोमबार हिजो होलेरीकी स्थानीय व्यावसायी चन्दा थापाले पुनर्निर्माण गर्न लागेको टहरा भत्काउन रुन्टिगढी नगर प्रहरीले बल प्रयोग गर्ने प्रयास गरेपछि विवाद उत्पन्न भएको थियो।
आज पुनः रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन सहिद परिवारले पुनर्निर्माण गरेको टहरामा पुगेर टहरा गाउँपालिकाले भत्काइदिने भन्दै उनीहरुलाई बगरमा गएर बस्न भनेको बताउँदै तुल्सीले रुदै चीत्कार गरेकि छन्।सम्बन्धित सम्झौता अनुसार जग्गा लिजमा दिएको महेन्द्र मावि होलेरीलाई भने पालिकाले कुनैपनी जानकारी नदिएको विद्यालयको भनाई रहेको छ।