ताजा अपडेट

विद्यालयको जग्गाको बिषयलाई रुन्टिगढी गाउँपालिका अध्यक्ष पुनले सहिद परिवारलाई धम्क्याएको गुनासो

होलेरी- रोल्पाको होलेरीमा बसोबास गर्दै आएका एक सहिद परिवारहरुलाई रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनले उनीहरुकै निवासमा पुगेर धम्कि दिएको गुनासो गरेका छन्।

महेन्द्र माद्यामिक विद्यालय होलेरीको निर्णय अनुसार विद्यालयलाई मासिक रुपमा भाडा बुझाएर उसकै होलेरी जुर्नेटास्थितको जग्गामा सयौं सर्वसाधारणहरु दशकौंदेखि बसोबास गर्दै आएका छन्।पछिल्लो समय विद्यालयले निर्णय गरेर लिजमा दिएको उक्त जग्गामा दोहोरो सम्झौता अनुरुप निर्मित अस्थाई टहराहरु प्रति सम्बन्धित संस्थासंग कुनै समन्वय नगरेरै रुन्टिगढी गाउँपालिकाले बल प्रयोग गर्न थालेक छ।सोमबार हिजो होलेरीकी स्थानीय व्यावसायी चन्दा थापाले पुनर्निर्माण गर्न लागेको टहरा भत्काउन रुन्टिगढी नगर प्रहरीले बल प्रयोग गर्ने प्रयास गरेपछि विवाद उत्पन्न भएको थियो।

आज पुनः रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन सहिद परिवारले पुनर्निर्माण गरेको टहरामा पुगेर धम्कि दिएको उनीहरुको गुनासो तथा दुखेसो रहेको छ।पालिका अध्यक्ष आएर बग्गरमा गएर पाल टागेर बस्नु भनेर अमानवीय शब्द बोल्नु भो।२१ बर्षकै उमेरमा श्रीमान गुमाएकि म विधुवा नारीले आफ्ना सन्तान कहाँ लगेर राख्ने?सहिद परिवारकि तुलसी बिकले रुदै पीडा पोखिन्।

उनका छोरा ठगेन्द्र बिकले पनि गाउँपालिका अध्यक्षले बर्ता नबोल´ भनेर आफूलाई धम्क्याएको बताए।मैले हटाउनेनै विद्यालयले हामिलाई सूचना जारी गर्ला अध्यक्ष ज्यु।हामी विद्यालयसंग सम्झौता गरेर उसको निर्णय अनुसार मासिक रुपमा भाडा बुझाउदै आएका छौँ।छानो चुहिन थालेपछि पुनर्निर्माण गरेका हौँ।सबैको हटाउने आधिकारिक निर्णय आएको खण्डमा हामी आफै हटाउँन तयार छौँ भनेर अनुरोध गर्न खोज्दा उहाँके मेरो एक शव्द सुनिदिनु भएन।उल्टै बगरमा गएर बस भन्ने निर्मम र कठोर शब्द प्रहार गरेर जानू भयो´- ठगेन्द्रले दुखेसो पोखे।

विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्णय गर्ने अधिकार विद्यालयलाई हुने भएपनि संरक्षकको भुमिकामा रहेको स्थानीय सरकार निति र बिधि बिनानै किन आफ्नै रबैया देखाई रहेको छ?यसको पछाडि के स्वार्थ छ।यस बिषयमा सम्बन्धि विद्यालय र स्थानीय सरकार कसैको पनि आधिकारिक धारणा सार्वजनिक भैसकेको छैन।पालिका अध्यक्षले धम्की दिएको भन्दै सहिद परिवार अहिले त्रसित र बिक्षिप्त बनिरहेको छ।

भिडियो

प्रतिक्रिया दिनुहोस