ताजा अपडेट

होलेरीको विद्यालय जग्गामा नितिनियम बिपरित पालिकाले बल प्रयोग गर्नु गलत छ:एमाले अध्यक्ष बस्नेत(भिडियो)

होलेरी – सोमबार होलेरी जुर्नेटास्थित महेन्द्र मावि होलेरीको जग्गा सम्बन्धित विद्यालयकै निर्णय अनुसार पुनर्निर्माण हुँदै गरेको टहरा भत्काउन रुन्टिगढी गाउँपालिकाले बल प्रयोग गर्न खोजेको कार्य निति नियम बिपरित कार्य भएको नेकपा एमाले रुन्टिगढी गाउँ कमिटी अमराज बस्नेतको ठहर रहेको छ।

विद्यालयको जग्गामा विद्यालयको क्षेत्राधिकार हस्तक्षेप गरेको भन्दै स्थानिय सरकार निति नियम बिपरित गएर जनतालाई अन्यायमा पार्न खोजेमा नेकपा एमाले रुन्टिगढी गाउँपालिका सहेर नबस्ने अध्यक्ष बस्नेतले चेतावनी समेत दिएका छन्।नेकपा एमाले निति,नियम,विधि,सामाजिक न्याय र राष्ट्रिय एकताको संरक्षक पार्टी रहेकाले स्थानिय सरकारले नीतिनिर्माता नियम पढेर तथा बुझेर गतिविधि गर्न उनले शुझाएका छन्।

भिडियो

प्रतिक्रिया दिनुहोस