ताजा अपडेट

विद्यालयको जग्गामामाथि अधिकार लाद्न खोजेर रुन्टिगढी गाउँपालिकाले ठाडो हस्तेक्षेप गर्यो:विव्यस एवं वडा अध्यक्ष पुन

होलेरी- महेन्द्र मावि होलेरीको जुर्नेटास्थित रहेको जग्गा लिजमा दिने विद्यालयकै निर्णय बमोजिम पुनर्निर्माण हुँदै गरेको टहरा कुनैपनि प्रक्रिया बिना भत्काउन सोमबार रुन्टिगढी गाउँपालिकाले नगरप्रहरी मार्फत बल प्रयोग गरेको बारे सम्बन्धित विद्यालय महेन्द्र माध्यमिक विद्यालय होलेरीका ब्यबस्थापन समिति अध्यक्ष एक रुन्टिगढी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष टेकलाल पुनले आपत्ति जनाएका छन्।

होलेरी खबरसंग कुरा गर्दै अध्यक्ष पुनले विद्यालयको स्वामित्व भित्र रहेको जग्गामा निर्णय गर्ने अधिकार विद्यालयलाई नै रहने भएपनि सम्बन्धित विद्यालयसंग कुनै पनि समन्वय नगरेर एकाएक गाउँपालिकाले विद्याकयको निर्णय अनुसार लिजमा दिइएको टहरा भत्काउन बल प्रयोग गर्न खोज्नु निति र बिधिको उलंघन रहेको बताएका छन्।विद्यालयले अनुरोध गरेको खण्डमा वा नियम बिपरित कार्य भएको खण्डमा संरक्षकको भुमिकाबाट स्थानीय सरकारले गतिविधि गर्नु पर्ने अवस्थामा सम्बन्धित संस्थालाई कुनैपनि जानकारी नदिएर बल प्रयोग गर्न खोज्नु असामान्य बिषय रहेको अध्यक्ष पुनले बताए।

निति र विधि मिचेर गाउँपालिकाले गरेको कार्यबारे विद्यालय परिवारको बैंकक बसेर निर्णय निकालिने उनले जानकारी दिए।७ नंवडाको वडा अध्यक्ष समेत रहेका पुनले विद्यालयको जग्गामा पालिकाले हस्तक्षेप गर्ने गरि गाउँ कार्यपालिकाबाट कुनै किसिमको निर्णय नभएको प्रष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस