ताजा अपडेट

रोल्पाको लामिडाँडामा खानेपानी हाहाकार,स्थानिय सरकार रुन्टिगढी लाचार

होलेरी- रोल्पाको रुन्टिगढी २ लामिडाँडा गाउँमा नजिकमा पानीको मुहान छैन।यहाँ स्थानियहरुले २ घण्टा हिडेर खानेपानी जोह गर्न वाध्य बनिरहेका छन्।

साझ बिहान सबै काम छोडेर स्थानियहरु तितेखोला पानी भर्न जान्छन्।तिते खोलामा पनि पानी प्रशस्त छैन।एउटा गाग्रो भर्न घण्टौँ कुर्नु पर्ने स्थानिय स्मृति बोहराले बताइन्।`एउटा गाग्रो भर्न घण्टौँ समय कुर्नु पर्छ।सब घरधुरीलाई दिनरात पानी भर्न र सार्ननै समय पुग्दैन।अझ त्यसैमाथी बस्तुभाउलाई खुवाउने र नुहाउने पानी पनि भर्नु पर्छ।हामी अत्यन्तै पिडामा छौँ´- बोहराले भनिन्।करिब ५५ घरधुरी रहेको यस गाउँमा खानेपानीको समस्या समाधान गर्न स्थानिय सरकारले कुनै चासो नदेखाएको स्थानीयहरुको गुनासो रहेको छ।

खानेपानीको दिगो आपूर्तिका लागि गाइराखे खोलाबाट लिफ्टिङ गरेर खानेपानी ल्याउन सकेमा मात्रै समस्या समाधान हुने बोहराले बताइन्।उक्त आयोजनाका लागि बिगतमा हाल कुनैपनि निकायबाट बजेट पर्न सकेको छैन।बिगतमा ट्याङ्की बनाउने कार्य मात्रै भएपनि आयोजना सम्पन्न गर्नलाई कसैले चासो देखाई रहेका छैनन्।फलस्वरूप लामिडाँडावासीले खानेपानीका लागि काकाकुल बन्नु पर्ने नियति बनिरहेको छ।

तस्वीर:स्मृति बोहरा

प्रतिक्रिया दिनुहोस