दाङ- लमही नगरपालिका वडा नम्बर -५ न्युरोड निवासी पबित्रा सुवेदी केसीले बिहिवार आफ्नो ३३ औँ जन्मदिनको अबसरमा बृद्धाआश्रमका आमा बुवासँग जन्मदिन मनाएका छिन ।
लमही नपा -१ सुन्डबरी स्थित श्रृजनसिल बृद्धबृद्धा सेवा समिती आश्रममा रहेका आमाबुवालाई फलफुल मिठाई सहित खाद्यान्न तथा उपचारका लागी सहयोग पुगोस भन्दै नगद ५ हजार ५ रुपैया प्रदान गरेकी हुन । होटल रेस्टुरेन्टमा गएर फजुलखर्च गर्नु भन्दा पनि गरिब दिनदुखी लाई सहयोग गरेर जन्मदिन मनाउन पाउँदा आफु हर्षित भएको केसीले बताईन । उनि लमही बजारमा पबित्रा फेसन ग्यालरी सञ्चालन गर्दै आईरहेकी छिन । सहयोग रकम हस्तान्तरण गर्दै आगामी दिनमा सधै दिनदुखीको सेवा गरेर जन्मदिन मनाउने प्रतिबद्धता प्रकट गरिन । यो सहयोग सँगै केसी आश्रम समितीको आजिवन सदस्य भएकि छिन । ५ हजार सहयोग गर्ने सहयोगीदाता स्वत: आजिवन सदस्य रहने प्राबधान छ ।
२०६० सालमा श्रृजनसिल बृद्धबृद्धा सेवा समिती आश्रम स्थापना भएको हो । बेसाहारा आमाबुवाको गतिलो सहारा बनेको आश्रममा हाल ३ जना छन । पहिले धेरै आमाबुवा भएको र केही मृत्यु र कोहीलाई परिवार सम्पर्कमा आएर लगेको आश्रम सञ्चालक समितीका उपाध्यक्ष लक्ष्मण पवन शर्माले बताए ।
समितीले आश्रमकै छेवैमा राममन्दिर स्थापनाको तयारी थालेको छ । यही महिनाभित्र राम मन्दिरको शिलन्यास गर्ने समितिको तयारी छ । मन्दिर निर्माणका लागि सहयोग गर्नुहुन स्थानिय सरकार र सहयोगीदाताहरुलाई समितीले आग्रह गरेको छ ।