होलेरी- विहिबार सदरमुकाम लिवाङमा सम्पन्न नेकपा (एमाले) रोल्पाको ७ औँ अधिवेशनबाट अध्यक्षमा त्रिबेणी गाउँपालिकाका अमृत बहादुर बुढा मगर र सचिबमा रुन्टिगढी गाउँपालिकाका नेप बहादुर थापा निर्वाचित भएका छन्।
निर्वाचन भएको अधिवेशनमा बुढा मगरले घनश्याम आचार्यलाई ८३ मतान्तरले पराजय गरेका हुन्।बुडाको पक्षमा १९५ मत खस्दा आचार्यको पक्षमा ११२ मत खसेको थियो।उपाध्यक्ष पदमा भने माडी गाउँपालिकाका बिजय घर निर्विरोध बनेका थिए।त्यस्तै सचीवमा रुन्टिगढीकाका लोकप्रिय युवा नेता नेपबहादुर थापा निर्वाचित भएका हुन्।थापाले आफ्ना प्रतिस्पर्धी ठाकुर वलीलाई ७० मतान्तरले पराजय गरेका हुन्।वलीको पक्षमा ११२ मत खस्दा थापाको पक्षमा १८२ मत खसेको थियो।
अधिवेशन स्वाभार्ध पुर्ण वातावरणमा सम्पन्न भएको रुन्टिगढीका एमाले युवा नेता राजन घर्तीले होलेरी खबरलाई जानकारी दिएका छन्।
नव निर्वाचित पदाधिकारीहरुको नामावली