ताजा अपडेट

गायक स्वर्णकारले लिएर आए “सललल बग्यो गण्डकी”

दाङ– गायक ज्ञानेन्द्र स्वर्णकारको “सललल बग्यो गण्डकी” बोलको गीत सार्वजनिक भएको छ । स्वर्णकारले यो गीतलाई आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गर्नु भएको हो । यस गीतमा शब्द संगीत र स्वर गायक स्वर्णकारकै रहेको छ । मानव जीवनको सम्पूर्ण सामाजिक परिवेशलाई यो गीतमा चित्रण गरिएको छ ।

झलक संगीतम्ले यो गीतको एरेन्ज गर्नु भएको छ भने यो गीतको छायांकन केएसआर मूभी प्रोडक्सनका प्रकाश बस्नेतले गर्नु भएको छ । गायक स्वर्णकारको आफ्नै गुड भ्वाईस रेर्कडिङ स्टुडियो लमहीमा यो गीतको रेर्कडिङ गरिएको हो । देउखुरीको रमणीय दृश्यहरु यो गीतको भिडियोमा कैद गरिएको छ । एकल रुममा गायक स्वर्णकारलाई यो गीतमा अभिनय गरेको सकिन्छ ।

लामो समयदेखि गीत संगीतको क्षेत्रमा संघर्ष गर्दै आउनु भएका स्वर्णकार शब्द, संगीत र आवाजमा दक्खल राख्ने कलाकार हुन् । वि.सं.२०५२ सालमा ’हे आमा जन्म दियौं हामीलाई वीर बन्नलाई’ बोलको बाल गीत गाएर गायक स्वर्णकारले रेडियो नेपाल बाट स्वर परिक्षा पास गरेका हुन् ।

बुझिनौकी मायाले, हल्लायो हल्लायो, कुराकानी बिचार र तीजको हाईमाया जस्ता गीतलाई श्रोताले धेरै मन पराई दिएको गायक स्वर्णकारको भनाई छ । यी गीतलाई देश विदेशमा अल्लि बढी नै दर्शक श्रोताले मन पराईदिनु भएको छ, हामीले दर्शक श्रोताको चाहाना बुझेर गीत गाउने हो बाँकी उहाँहरुको जिम्मा हो’– गायक स्वर्णकारले भने ।

गीत संगीत बाहेक उहाँका थुप्रै चिनारी रहेका छन् । उनि एक सफल सुनचाँदी व्यवसायी पनि हुन् । पछिल्लो समय लमही खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सदस्य रहेर सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस