ताजा अपडेट

रुन्टिगढी अध्यक्ष पुनको भ्रामक अभिव्यक्ति:१३ करोड बराबर निर्यात कृषि उपज दोब्बर बढाएर बोले(भिडियो)

होलेरी- कृषिको उर्वर भुमी रोल्पाको रुन्टिगढी गाउँपालिकामा स्थानिय अगुवा कृषक चन्द्र महाराको अथक प्रयास,रुडास नेपाल र गोल परियोजना संस्थाको आर्थिक सहयोग र रुन्टिगढी गाउँपालिकाको सहजीकरणमा होलेरी कृषि हाट बजारको सञ्चालन भयो।

उक्त कृषि हाट बजारबाट किसानहरुको कृषि जन्य उत्पादन बस्तु बिक्रि गर्ने प्रक्रिया चल्यो।किसानहरुले आफ्नो उत्पादन प्रत्येक्ष आफैले ब्यापारीसंग मोलमोलाइ गरेर बेच्ने पाउने वातावरणको निर्माण भयो।लुकिछिपी हाटबजार भन्दा बाहिरबाट कारोबार भएको सूचना पाइए लगत्तै उक्त कृषि हाट बजार सञ्चालन समितिका अध्यक्ष चन्द्र महरा तदारुकताका शाथ निति कार्यान्वयन गराउन किसानका घर ब्यापारीका पसलमा पुगेर नियमन गरिरहेका देखिन्थे।महरा आफैपनी कृषक रहेकाले आफूले पाएको जिम्मेवारी उनले प्रभावकारी ढंगले निभाए।सिजनभरी हाट बजार सञ्चालनले राम्रै गति प्राप्त गर्यो।लगानी गरेका दातृ निकायहरू पनि लागि परिरहे।

तर स्थानिय सरकारका जनप्रतिनिधि बेला-बेला हाट बजार पुगेर अनुगमनको नाममा तस्वीरहरु खिच्न भ्याए।हाट बजार समितिले गरिरहेको काममा स्थानिय सरकारले आफ्नो प्रचार गरेर अल्झिएर बसिरह्यो।संयोगले यस बर्षको बर्षात याममा बजारमा माग अत्याधिक रह्यो।धेरै जसो किसानको तरकारीले राम्रै बजार भाउ पाउँदा स्थानिय सरकारले कतै नभएको भाउँ रुन्टिगढीका किसानलाई आफैले प्रदान गरेको थियो होला जसरी प्रचारप्रसार गरियो।

तर हाट बजार समितिले गरेको काममा आफूले स्वामित्व लिएर अल्झेर बसेको स्थानिय सरकारले बजार भाउ कम भएको बेला उत्पादन बस्तुको लागत मूल्य कसरी उठाई दिन सकिन्छ र भण्डारणका लागि चिस्यान केन्द्र निर्माणका लागि ध्यान दिएन।हाट बजार समिति भन्दा स्थानीय सरकारले किसानहरुका लागि एक कदम माथिको विकल्प सोच्न सकेन।उल्टै जनताले मत दिएर दिउँसै निदाउन पठाएका होलान् जसरी गर्नै पर्ने काम गर्दा पनि प्रचारप्रसार गरियो।

केही महिना अगाडि होलेरी खबरसंग कुरा गर्दै जनताका जनजिविकाका सवालमा हालसम्म स्थानिय सरकारले गरेका दुई पालिकाको गौरवका कामका सवालमा जवाफ दिदै पालिका अध्यक्ष जनक पुनले यस बर्ष २५/२६ करोडको तरकारी निर्यात गर्यौँ भनेका थिए।तर हालसालै सम्पन्न हाट बजारको सार्वजनिक सुनुवाइ कार्यक्रममा समितिका अध्यक्ष चन्द्र महराले यस बर्ष १३ करोडको कारोबार भएको जानकारी दिएका छन्।

जनताले कृषिमा कति लगानी गरेर कति मुनाफा गरे?जनता घाटामा छन् कि नाफामा?भन्ने कुराको एकिन गर्न छोडेर पालिका अध्यक्ष पुनले जनताले सित्तैमा आएको चिज बेचेको जसरी वास्तविक तथ्यांक भन्दा दुई गुणा बढाएर जनतामाझ भ्रम छरेका छन्।उनको यो भ्रामक अभिव्यक्ति कृषिका सम्बन्धमा मात्रै थिएन यसमा स्थानिय सरकारले गरेको कार्यको प्रश्न थियो।तर पालिका अध्यक्ष जस्तो जिम्मेवार ब्यक्तिले तथ्यांक नराखेर वास्तविक जानकारी नभएर जनप्रतिनिधिको चरीत्र प्रदर्शन गरेका हुन वा ब्यक्तिगत?पछिल्लो समय यो बिषयले चर्चा पाएको छ।

भिडियो

प्रतिक्रिया दिनुहोस