ताजा अपडेट

देउखुरी डान्सिङ् स्टार सिजन “5” को समापन फाल्गुन १९ मा पप गायीका एन्जिलाको प्रस्तुति रहने

दाङ- देउखुरी स्तरीय लमहीमा जारी देउखुरी डान्सिङ् स्टार सिजन “5”को फाइनलमा पप गायिक एञ्जिला रेग्मी आउने भएकी छिन् । सहयात्री कला केन्द्रको प्रस्तुती तथा डि–टु कला केन्द्रको प्रोडोक्सनमा देउखुरी स्तरीय देउखुरी डान्सिङ् स्टार सिजन “5” गत पुष देखि सुरु भएको थियो । उक्त कार्यक्रम यही फागुन १९ गते लमहीको सार्बजनिक बगैंचामा समापन गर्न थालिएको हो ।

पहिलो चरणको कार्यक्रममा दुइसय जना प्रतियोगीहरुको सहभागीता रहेको थियो । त्यसमध्य दोस्रो चरणको लागि एकसय २० जना छनोट भइ फाइनलमा १५ जना प्रतियोगीहरु प्रवेश गरेको डि–टु कला केन्द्रका निर्देशक दिपक बर्माले जानकारी दिए । फाइनल कार्यक्रममा निर्णायकको रुपमा लोकेन्द्र शाह ,आर.के मौर्या र सबिना ठकुरी रहने छन् ।
कार्यक्रममा प्रवेश शुल्क एकसय रुपैँया कायम गरिएको छ भने उक्तदिन रास्ट्रीय तथा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकको भनाइ छ ।

फाइनल कार्यक्रममा प्रथम प्रतियोगीलाई नगद रु पचाँस हजार, दितृय प्रतियोगीलाई नगद रु तिस हजार र तृतिय प्रतियोगीलाई नगद रु विस हजार पुस्कारको साथमा अन्य प्रतियोगीहरुलाई प्रमाणपत्र सहित सम्मानित गरिने यस कार्यक्रमका संयोजक सुरेश पन्थीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस