होलेरी- होलेरी देखि प्रसिद्ध धार्मिक एवं पर्यटकिय स्थस्ल प्युठान स्वर्गद्वारी जोड्ने सडक खण्ड अन्तर्गत रोल्पाको रुन्टिगढी ५ सैबाङ स्तित बिच सडकमा विद्युत पोल बर्षौँ देखि रहदै आएको छ।
उक्त विद्युत पोलको माथिबाट निरन्तर करेन्ट प्रवाह भैरहेको हुन्छ।उक्त पोलको दायाँ तथा बायाँबाट सवारीहरु आवतजावत गर्ने गर्दछ्न्।धार्मिक तथा पर्यटकिय स्थल पुग्ने सडक खण्ड भएकाले अत्याधिक सवारी चाप रहन्छ।तर सम्बन्धित निकायहरूले उक्त विद्युत पोल शुरक्षित स्थानमा स्थानान्तरण गर्न चासो नदिदा दुर्घटनाको जोखिम बढाई रहेको छ।
बीच सडकमा रहेको उक्त पोलमा गत बर्ष एउटा डोजर ठोकिएको थियो।पोल कुच्चिएको छ भने जिर्ण समेत बनेको छ।डोजर ठोकिए पनि भाग्यवश त्यो बेला कुनैपनि भौतिक र मानवीय क्षति भने हुन पाएको थिएन।तर डोजर ठाउँमा बस,अन्य सवारी वा मोटरसाइकल ठोकिएको भए भौतिक तथा मानवीय क्षति हुनसक्ने संभावना यथावत रहेकाले उक्त विद्युत पोल स्थानान्तरण गरिनु पर्ने स्थानियहरुको माग रहेको छ।
शुरुमा १ लेन सडक रहेको क्रममा विद्युत कार्यालयले उक्त सडकको किनारमा पारेर विद्युत पोल गाडेको थियो।सडकको मापदण्ड अनुसार सडकले कुनै पनि समयमा मापदण्ड अनुसार सडक स्तरोन्नति गर्न सक्ने भएकाले सडक निर्माण भैसकेपछि निर्धारित दुरी वरिपरि ब्यक्तिगत घर तथा सार्वजनिक संरचनाहरु निर्माण गर्न पाइदैन।यदि जबर्जस्ति कसैले निर्माण गरेमा स्तरोन्नतिका क्रममा सडकले उक्त संरचना हटाउने अधिकार सडक डिभिजन कार्यालय संग नै रहन्छ।तर उक्त स्थानमा पुर्वाधार बिस्तारका हिसाबले भने विद्युत पोल भन्दा पहिलेनै सडक निर्माण गरिएको थियो।निर्मित सडकको किनारमै विद्युत पोल गाडिएपछि २०७५/०७६ शालमा उक्त क्षेत्र भएर ४ किलोमिटर सडक स्तरोन्नतिको योजना परेपछि निर्माण कम्पनीले मापदण्ड अनुसार २ लेन सडक विस्तारको कार्य शुरु गर्यो।
१ लेन सडक हुँदा सडक किनार गाडिएको उक्त विद्युत पोल २ लेन सडक विस्तारका क्रममा सडको मध्ये भागमा पर्न आयो।त्यतिबेला सम्बन्धित दुई निकायहरू होलेरी नो लाइट विद्युत कार्यालय र सडक डिभिजन कार्यालय दुबैको लापरबाही देखिन्छ।निर्माण कम्पनीले बीच सडकमा पर्ने विद्युत पोल स्थानान्तरण नगरेरै सडक बिस्तारको कार्य गर्यो भने विद्युत कार्यालयले पनि उक्त पोल स्थानान्तरण नगराएरै सडक बिस्तार गर्न दिएको देखिन्छ।त्यसपछि सडक स्तरोन्नतिको काम विस्तारकै क्रममा बिना प्रक्रिया निर्माण कम्पनीले सामुदायिक वनको रुखहरु फडानी गरेको भन्दै सैबाङ सामुदायिक वन र निर्माण कम्पनीबिच विवाद उत्पन्न हुँदा ४ किलो मिटर सडक स्तरोन्नतिको काम अल्पत्र बन्न पुग्यो।त्यसपछि बीच सडकमा पारिएको विद्युत पोलका कारण दुर्घटनाको जोखिम कायमै रहिरहेको छ।न सम्बन्धित विद्यु कार्यालयले वास्ता गर्यो न त सडक डिभिजनले नै,यि दुबै निकायको चरम लापरबाहीले विद्युत पोलले सवारी चालक,यात्रु,स्थानियवासी र पैदल यात्रीहरुमा जोखिम र त्रास बढाइरहेको छ।गत बर्ष सोही पोलमा डोजर ठोकिएपछि हाल उक्त विद्युत पोल जिर्ण अवस्थामा रहेको छ।
सडक स्तरोन्नति र विद्युत प्रवाह गर्ने उद्देश्य नभएर सवारी दुर्घटना पार्ने पासो थापेको जस्तो नियति बनिरहेकाके यथासिघ्र सम्बन्धित निकायहरूको उक्त बीच सडकको पोल स्थानान्तरण गर्न चासो दिनुपर्ने रुन्टिगढी ५ का स्थानिय सागर विश्वकर्माको माग रहेको छ।बर्षौँ देखि यो पोल बीच सडकमा रहिरहेको छ।कुन मापदण्ड अनुसार यसरी बीच सडकमा विद्युत पोल राखिराख्न मिल्छ?यसले दुर्घटनाको पासो थापिरहेको जस्तो दुरगती बनाईरहेको छ।सम्बन्धित निकायहरूले तुरुन्तै यसलाई शुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्छ-विश्वकर्माले भने।
बीच सडकमा विद्युत पोल गाड्न र पार्न दुई सम्बन्धित सरकारी निकाय नेपाल विद्युत प्राविधिकरण र सडक डिभिजन कार्यालय दुबैको मापदण्डले दिदैन।
तर नोलाईट विद्युत कार्यालय होलेरीका इन्चार्ज नारायण प्रशाद केसीले भने उक्त विद्युत पोल बीच सडकबाट स्थानान्तरण गर्ने कार्य आफूहरूको कार्य क्षेत्राधिकार भित्र नपर्ने बताएका छन्।केन्द्रिय कार्यालयमा निवेदन पठाएर माथीबाट निर्णय भएर निर्देशन आएपछि मात्रै आफूहरूले उक्त पोल स्थानान्तरण गर्न सक्ने उनको भनाई रहेको छ।तर उक्त पोल स्थानान्तरण गर्न लाग्ने आर्थिक र भौतिक लागत सबै सडक डिभिजन कार्यालयले दिनु पर्ने इन्चार्ज के.सी बताउँछन्।उनको जवाफ अनुसार उक्त पोल स्थानान्तरण गर्न दुई सरकारी निकायविच छलफल हुनु पर्ने देखिन्छ।तर सबै निति र नियमहरु जनताका शुरक्षाका लागि निर्माण भएकाले दुई निकायहरूले तदारुकता देखाउन आवश्यक रहेको छ।
भिडियो