दाङ – लमही नगर विकास समितिले बसपार्कमा रहेका टहरा हटाएको छ । दुर्घटनाको उच्च जोखिम रहेको, बजार कुरुप बनाएको, र अव्यवस्थित रुपमा रहेको भन्दै ति टहरा हटाइएको लमही नगर विकस समितिका अध्यक्ष जोगराज चौधरीले जानकारी दिए।
नगर विकास समितिले ती टहरा हटाएर सहयोग गरि दिन पटकपटक सूचना जारी गर्दा पनि अटेरी गरेपछि आज नगर विकास समितिले हटाएको हो ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी, लमही नगर प्रहरीको सहयोगमा टहरा हटाइएको हो । टहरामा बसेर व्यवसायी गर्दै गरेका व्यापारीहरु नजिकै रहेको कृकेट स्टेडियमको प्याराफिटका सटरमा सरेका छन ।
नगर विकास समितिले लमही बसपार्क संचालन गर्न दिएका ठेकेदारलाई सरसफाइ शुल्क बाफत मासिक एक हजार रुपैया तिर्दै आएका थिए । नगर विकासको जग्गा अतिक्रमण गर्दै घर टहरा निर्माण गरि स्थान किनबेच समेत गरेको खुलेको छ ।
टहरा निर्माण गरि बसेका व्यापारीलाई ठाउँ उपलब्ध गराउने व्यक्तिले मासिक १ हजार देखि ३ हजार सम्म भाडा अशुल्ने गरेको एक व्यापारीले बताए । बसपार्क संचालक ठेकेदारले शौचालय र बसपार्क प्रवेश शुल्क एक लाख ९५ हजार मासिक भाडा बुझाउदै आएको नगर विकास समितिका सूचना अधिकारी हरिकृष्ण खनालले जानकारी दिएका छन्।
लमही नगर विकास समितिका अध्यक्ष जोगराज चौधरी, लमही नगरपालिका उपाध्यक्ष लक्ष्मी योगी, वडा नम्बर १ का वडा अध्यक्ष तथा नगर विकास समितिका सदस्य दामोदर पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी र वडा नम्बर ८ का वडाध्यक्ष उमेश खडका लगायतको उपस्थिति रहेको थियो ।
भिडियो