होलेरी- रोल्पाको त्रिबेणी गाउँपालिका वडा नं ३ लिङदुङमा रहेको सरस्वती माध्यामिक विद्यालय चरम लापरबाही र अस्थिर सामाजिक राजनैतिक प्रतिफलको शिकार बनिरहेको छ।
प्राथमिक तह सम्मको सम्बन्धन प्राप्त यस विद्यालय बिगत लामो समय देखि प्रस्तावित मा.वि. तहसम्म सञ्चालन भैरहेको छ।यहाँ कार्यरत एक शिक्षक गत कार्तिकमा सरुवा भएर अन्यत्र गएपछि कार्तिक २१ गते विद्यालयले प्रा.वि.तह स्थायी शिक्षकको आवश्यक्ता रहेको जानकारी सार्वजनिक गर्यो।त्यसपछि १० जना शिक्षकहरूले यहाँ पढाउन आउँने इच्छा प्रकट गरे।विद्यालयले उहीँ वडाको नेपाल राष्ट्रिय प्रा.वि.मा कार्यरत शिक्षक याम बहादुर पुनलाई छनोट गरेर उनैलाई नियुक्ति गर्ने निर्णय सर्वसम्मत पारित गर्यो।विद्यालयले नियुक्ति गर्ने निर्णय गरेका पुन स्थानीय शिक्षक समेत हुन्।उनको गणित बिषयमा स्नातकोत्तरको योग्यता रहेको छ।सरस्वती माविमा हाल प्लस टू उत्तीर्ण एक शिक्षकले कक्षा ९ र १० मा पनि गणित बिषय पढाउन बाध्य छन्।त्यसो त ९ र १० कक्षा पढाउनलाई भने कम्तीमा पनि सम्बन्धित बिषयमा स्नातक तह उत्तीर्ण गरेको बिषय गत शिक्षकको आवश्यता पर्दछ।विद्यालयका प्र.अ.लालबहादुर घर्तीका अनुसार सरस्वती मावि लिङदुङ निकट भविष्यमै १२ कक्षासम्म स्तर वृद्धि गर्ने योजनामा छ।विद्यार्थी र विद्यालयलाई चौतर्फी टेवा पुग्ने संभावना देखेपछि शिक्षक पुनलाई नियुक्ति गर्ने निर्णय गरिएको प्र.अ घर्तीको भनाई रहेको छ।
तर शिक्षक पुनलाई उनी कार्यरत सोहि वडाको नेपाल राष्ट्रिय प्रावि विद्यालय ब्यबस्थापन समितिले सरुवामा रोक लगाई दियो।उनलाई सरुवामा रोक लगाइएपछि हाल सरस्वती माविको खाली दरवन्दी परिपुर्ति हुन सकिरहेको छैन।न त विद्यालयले अर्को सूचना जारी गर्ने स्थिति नै बाँकि रहेको छ।दुई वि.ब्य.स.को हठ र वडा कार्यालयको मौन साक्षीका कारण हाल शैक्षिक क्षेत्रमा पर्न गएको हानीले आगामी चैत महिनामा परिक्षा दिने विद्यार्थीहरु माथि खेलवाड बनिरहेको छ।
राजनैतिक स्वार्थ बाझिएर विद्यालयले यस्तो नियति भोगिरहेको कतिपय स्थानिय अभिभावकहरुको बुझाई रहेको छ।वडा अध्यक्षले आफ्नो नातेदार राख्ने दवाब सृजना गर्दा यस्तो समस्या उत्पन्न भएको अभिभावक बेद बहादुर बुढाको आरोप छ।उनका अनुसार त्यहाँ आवेदन दिन आएका मध्ये एकजना शिक्षक वडा अध्यक्ष नातेदार थिइन्।तर छनोटमा परेका शिक्षक पुन र उनी दुबैले एउटै दलमा आस्था राख्छन्।तर त्यसमा पनि वडा अध्यक्षको नजिकको नातेदार राख्ने स्वार्थले अर्को विद्यालयले योजनवद्व हिसाबले शिक्षक पुनलाई सरुवा अनुमति नदिएको उनको भनाई छ।
त्यस्तै स्थानिय सरकार त्रिबेणी गाउँपालिकाले जुन वडामा जुन दल निर्वाचित भएको छ त्यस वडाका विद्यालयमा सोहि दलले विव्यस नेतृत्व गर्ने निति निर्माण गरेकाले एकल प्रवृत्ति हावी भएर विद्यालयमा राजनैतिक नकारात्मक असर परेको स्थानिय युवा समाजसेवी एवं शिक्षा प्रेमी अर्जुन वलीले दुखेसो ब्यक्त गरे।`तिब्र गतिमा पढाई हुनुपर्ने शैक्षिक सिजनमा राजनैतिक स्वार्थका कारण रिक्त दरवन्दी परिपुर्ति हुन सकिरहेको छैन।एकातिर ९ र १० कक्षामा १२ कक्षा उत्तीर्ण शिक्षकले जसोतसो पढाई राख्नु भएको छ।विद्यार्थीहरुको भविष्यमाथि राजनैतिक नकारात्मक असर पारिनु अत्यन्तै दु:खद पक्ष हो।यस बिषयको वडा कार्यालयले निकास खोज्दिनु पर्छ´-उनले भने।
तर वडा त्रिबेणी गाउँपालिका वडा नं ३ कि वडा अध्यक्ष अध्यक्ष तिल कुमारी ओली(डाँगी)ले भने सरस्वती माध्यामिक लिङदुङमा उत्पन्न समस्या आफूहरू र वडा कार्यालय दोषी नभएर २ वि.व्य.स. हरुको आन्तरिक कारण रहेको बताएकि छन्।सरस्वती माविमा गणित बिषयको नभएर सामाजिक बिषयको दरबन्दी रिक्त रहेको बताउँछिन्।त्यहाँ सरुवा भएर जानका लागि छनोटमा परेका शिक्षक पुनलाई उनी कार्यरत हालको नेपाल राष्ट्रिय प्रावि विब्यस परिवारले दक्ष र योग्य जनशक्ति आफ्नै विद्यालयमै आवश्यक रहेकाले अनुमति नदिएको वडा अध्यक्ष तिल कुमारी ओली(डाँगी)को भनाई रहेको छ।`विव्यस हरुको निर्णयमा हामिले हस्तक्षेप गर्न मिल्दैन´-उनले भनिन्।
शैक्षिक मुल्यांकन अवधारणा अन्तर्गत आगामी चैतमा निर्णयात्मक परिक्षा आउँदैछ।अहिले पढिरहेका विद्यार्थीहरु उहीँ कक्षामा जाने कि माथिल्लो कक्षामा जान्छन् भन्ने मुल्यांकन गरिने समय नजिकिदै गर्दा शैक्षिक क्षेत्रमा बनिरहेको लापरबाही र स्थानिय सरकारको मौन साक्षी भावले सरस्वती माविका शिक्ष तथा अभिभावकहरुमा चिन्ता बढाएको छ।नियुक्ति निर्णय गराएको ३ महिनासम्म शिक्षक परिपुर्तिको अर्को सूचना आह्वान गर्न कानुनी प्रक्रियाका हिसाबले नमिल्ने सरस्वती मावि लिङदुङका प्र.अ.लालबहादुर घर्तीको भनाई रहेको छ।
भिडियो