ताजा अपडेट

रुन्टिगढी ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीले घरमै पुर्याइदिए सामाजिक सुरक्षा भत्ता

होलेरी- रुन्टिगढी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीले सामाजिक सुरक्षा भत्ता वडावासी जेष्ठ नागरिकहरुका घरमै पुर्याई दिएका छन्।

बैंकहरुमा भत्ता बुझ्न जानुपर्ने समस्याले जेष्ठ नागरिक,फरक क्षमताका नागरिक,एकल महिला र बालबालिकाहरुले लाइन लागेर शास्ती बढाएको भन्दै बिगतमा स्थानिय सरकार रुन्टिगढी गाउँपालिकाले वडा कार्यालयहरुमा लगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निति अगाडि सारेको थियो।तर यसपालि करिब २० दिन अगाडि पालिकाले सामाजिक सुरक्षा भत्ताको रकम बैंक खातामा जम्मा गरिदिए पनि प्राबिधिक समस्या कारण बैंकहरु सामाजिक सुरक्षा भत्ता लगेर गाउँ नगएकाले जेष्ठ नागरिकहरुको पुनः बैंकमा भिड लाग्न थालेको वडा नं ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीको भनाई रहेको छ।

वडा नं ५ मा वडाकै जेष्ठ नागरिकहरुलाई बैंक सम्म पुग्न शास्ती हुने गुनासो आएपछि आइतबार मैले ४ जना जेष्ठ नागरिक र १ जना शारीरिक अशक्त वडावासीको सामाजिक सुरक्षा भत्ता बैंकबाट घरमै लिएर प्रदान गरिदिएको छु।वडामा जेष्ठ नागरिक र फरक क्षमताका अरुलाई पनि बैंकसम्म पुग्न कठिनाई भैरहेको छ वा छैन हामिले बुझिरहेका छौँ।त्यस्तो खालको समस्या पाइएमा वडा कार्यालय आवश्यक सहयोग गर्छ-वडा अध्यक्ष डाँगीले होलेरी खबरसंग भने।

आफूहरू जनताले मत दिएर निर्वाचित गराइसके पछि उनिहरुको शुखदुखको शारथी आफूहरू भएकाले वडा वासीहरुले समस्या परेमा वडाका जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न र कुनै किसिमको चिन्ता नलिने उनले अनुरोध समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस