ताजा अपडेट

अलपत्र सडक निर्माणको दबादका लागि ३२ किमि पैदल यात्रा

दाङ- घोराही उपमहानगरको कुइरेपानीदेखि तुलसीपुरसम्मको चारलेन सडक नवन्दा सवारी आवागमन कष्टकर बन्दै गएको र यात्रुहरुलाई सास्ती भएको भन्दै ३२ किलोमिटरको दवाव र्याली गरिएको रास्वपा दाङका प्रदेश सभापति देबराज पाठकको भनाइ छ ।

घोराहीको कुइरेपानी बाट सनिबार बिहान ५ बजे रा स्व पाका नेता डिल्लि राज खनाल र दिनेश आचार्यले पैदल यात्राको सुरुवात गरेका थिए । ५ बजे देखी शुरु भएको पैदल यात्रा दिउँसो ३:३० बजे तुलसीपुर पुगेको थियो । र्याली पछि तुलसीपुरमा आयोजित कार्यक्रममा बक्त्ताहरुले नागरीकसंग प्रत्यक्ष जोडिएका भौतिक संरचना निर्माणलाई अलपत्र पारी जनतालाई सास्ती दिने काम अविलम्ब बन्द हुनु पर्ने र निमार्णको कामलाई गति दिन सरकारसंग माग गरेका छन् । पैदल र्यालिमा घोराही बाट पुर्ब शिक्षा मन्त्री शिशिर खनाल ,रा स्व पा प्रदेस सभापती देब राज पाठक, केन्द्रिय सदस्य क्रान्ति सिखा धिताल, केन्द्रिय सदस्य बिपिन आचार्य, केन्द्रिय सदस्य कमल सुवेदी र जिल्ला संयोजक रबिन थापा सगै तुल्सिपुर पुगेका थिए ।

लमही–घोराही–तुलसीपुर फोरलेन योजनाको नाममा २०७५ माघ १४ गते १ अर्व २५ करोडमा ठेक्का सम्झौता भएको सडक निर्माण कम्पनीले अलपत्र पारेपछि २०७९ चैत २६ गते ठेक्का रद्द गरिएको थियो । भारतीय एक्जीम बैँकको आर्थिक सहायतामा निमार्ण हुने भनिएको सडक ७ वटा ठेकेदार फेरीदापनि नबनेपछि गत चैतमा ठेक्का रद्द गरिएको थियो ।

घोराही तुलसीपुर अलपत्र चारलेन सडककै कारण ४ वर्षको अवधीमा २५ जनाको सवारी दुर्घटनामा मृत्यु भैसकेको छ । भने सो बाटो यात्रा गर्न निकै कस्टकर छ । अलपत्र सडकलाई गत असोजमा केही मर्मत गरेता पनि पुनः ठेक्का प्रकृयामा लगेर चारलेनकै रुपमा काम शुरु गर्नुपर्ने माग राख्दै जिल्लामा दवावमूलक कार्यक्रमहरु भैरहेका छन् ।

लेखक शिव राज खनाल दाङ जिल्लामा लामो समय देखि पत्रकारीतामा सक्रिय हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस