दाङ- दलितका लागि दलित अभियान नेपाल वडा स्तरीय संगठन बिस्तार अभियान आज बंगलाचुलि गाउँपालिका वडा न.२ दाङमा पदम बि.क. अध्यक्षता १३ सदस्यिए समिति चयन गरिएको छ।
आफ्नो लागि आफ्नो संगठन बिस्तार अन्तरगत आज बंगलाचुलि वडा न २ मा भेला गरिएको छ।पदम बि क को अध्यक्षता तथा दलितका लागि दलित अभियानका मध्य नेपालका संयोजक केशव नेपालीको प्रमुख अतिथ्यता र संगठनका महासचिव सुशील परियारको विशिष्ट अतिथ्यतामा सम्पन्न कार्यक्रममा संगठनका सदस्य रर्जित परियार वडा सदस्य जानकला बि क. लगायतको उपस्थितिमा रहेको थियो।
कार्यक्रममा बोल्दै मध्य नेपालका संयोजक नेपालीले अब सबै दलितहरु एक जुट भए मात्र मुक्ति सम्भव भएको र अब छिट्टै गाउँपालिका र जिल्ला भेला गर्ने तयारी भएकोले अभियानमा सबै गोलबन्द हुन जरुरी भएकको बताएका छन्। “आफ्नो लागि आफैं” भन्ने नारा सहित संचालन भइरहेको यो अभियान अन्तरगत बंगलाचुलि गाउँपालिकामा पनि आजबाट संचालन अभियानका महासचिव सुशील परियारले भएको जानकारी गराएका हुन् ।
आजको भेलाले पदम बि क अध्यक्षतामा सुस्मिता बि.क उपाध्यक्ष तारा बि.क सचीव भेग राज बि.क सहसचिव आशा सुनार,कोषाध्यक्ष सदस्यहरु निरमाया सुनार, सान्ता बि क,हरि बहादुर सुनार,गोठी बि क, सुनिता बि क, सुरज बि क, रोशन सुनार लगायत एक जना पछी थप्ने गरि १३ सदस्यको कमिटी चयन गरेको छ।सल्लाहकारमा गिर बहादुर बि क, प्रेम बहादुर सुनार तारा बि क चयन भएका छन्। तारा बि.क. को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रर्जित परियारले गरेका थिए।
तस्वीर:सुशील परियार