दाङ- घोराही उपमहानगरपालिकाले बालमैत्री निरन्तरता र लैंगिक हिंसा नियन्त्रित नगर बनाउने लक्ष्यका बारेमा सञ्चारकर्मी एवं सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा भएको कार्यक्रममा प्रशिक्षकहरु विकिरण गौतम र दुर्गालाल केसीले बालमैत्री कार्यक्रमलाई निरन्तरता कसरी दिने, कस्को जिम्मेवारी के हुने र लैंगिक हिंसा नियन्त्रित नगर घोषणाका लागि अपनाउन सकिने विधी एंव सूचकहरुका बारेमा अभिमुखिकरण गरेका थिए । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले लैंगिक हिंसा नियन्त्रणका लागि घोराही उपमहानगरपालिकाले लक्ष्य लिएर कार्यक्रमहरु सञ्चालन गरेको बताएका थिए ।
व्यक्ति, परिवार र समाज मिलेर बस्न सके मात्रै दिगो विकास र न्यायपूर्ण समाज बन्ने भएकाले हिंसालाई सबैले त्याग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसीले लैंगिक हिंसा नियन्त्रित नगर बनाउन सबैले भूमिका खेल्नुपर्ने बताएकि हुन् । कार्यक्रमको सहजिकरण शाखा प्रमुख मोतिकुमारी विश्वकर्माले गरेकि थिइन्।
सबिन प्रियायसनबाट प्राप्त समाचार उहाँ दाङ जिल्लाको कृयाशिल पत्रकार एवं घोराही बनाऔँ अभियानका संयोजक समेत हुनुहुन्छ।