ताजा अपडेट

गाउँपालिका अध्यक्ष पुनले विद्यार्थीमाझ शिक्षक कारबाही गर्ने दिएको असंवेदनशिल धम्की (भिडियो सहित)

होलेरी- रोल्पाका रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनले केहि दिन अघि विद्यार्थीहरुका अगाडि शिक्षकलाई कारबाही गर्ने धम्की दिएपछि उनको चौतर्फी आलोचना भयो।

एक शिक्षकले माओवादी जनयुद्वको सार्वजनिक बिदाका सवालमा आफूहरूलाई छोटे राजा भनेको भन्दै उनले पालिका भित्रका एक शिक्षकलाई कारबाही प्रक्रिया अगाडि बढाएको बताएका थिए।

एउटा विद्यार्थीले आफ्ना शिक्षकलाई भगवान् समान देख्दछ।त्यसैले शिक्षकलाई ज्ञान ज्योति जगमगाउन मद्दत गरिदिने भएकाले सदियौँ काल देखि शिक्षकलाई गुरु भन्ने प्रचलन छ।

एउटा विद्यार्थीले आफ्नो शिक्षकको कतिसम्म भरोसा गर्दछ भने उसलाई कुनै कुरामा दुबिधा भयो भने त्यो कुराको जवाफ कतैबाट पाएन भने उसलाई एउटै कुराको विश्वास हुन्छ कि यो कुरा पक्का मेरो गुरुले थाह पाउँनु हुन्छ भनेर।चाहे शिक्षकको ज्ञान र दक्षतामा कमि किन नहोस् तर एउटा विद्यार्थीले कुनै समस्या पर्यो भने उसले नेता र जनप्रतिनिधि चिन्दैन उसले सम्झने भनेको आफ्नो गुरु नै हो तर तिनै विद्यार्थीका अगाडि भाषणमा दिएर दम्भ देखाएर शिक्षकलाई कारबाही गर्दैछौँ भन्नू असंवेदनशिल बिषय मात्रै होईन गलत संस्कारको बिजा रोपन समेत हो।शिक्षकले भुल वश वा नियत वश कुनै कमि कमजोरी गरेको भएपनि पालिका अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नाबालक विद्यार्थीहरु अगाडि संवेदनशिलता प्रस्तुत गर्नु पर्ने आवश्यक्ता हुन्छ।

शिक्षकले कुनै किसिमको फौजदारी वा मुलुकी अपराध गरेको भएपनि देशमा प्रचलित कानुन छदै छ।गाउँपालिका अध्यक्ष शिक्षकका नियामक ब्यक्ति पनि होइनन्।पेशागत जिम्मेवारी र सामाजिक मार्यादाक्रम भुलेको दिन गाउँपालिका अध्यक्षलाई पनि शिक्षकले पनि नैतिक प्रश्न सोध्न सक्दछ।यो अधिकार हरेक सचेत नागरिकसंग पनि हुन्छ।संघीय सरकार मातहत सञ्चालन हुने शिक्षकहरुले जिम्मेवारी र सामाजिक मूल्य मान्यता आचार संहिता विरुद्ध गतिविधि गरेमा गाउँपालिका अध्यक्षले मात्रै होईन कुनैपनि सचेत नागरिकले सम्बन्धित नियामक निकायमा खबरदारी सक्दछ।पालिका अध्यक्षले कारबाही सिफारिस गर्ने मात्रै हो।निनि श्रोत र करारमा आवद्धहरुलाई पुर्ण नियामक गर्न सक्ने भएपनि कारबाहीका नाममा शिक्षको जागिरै खोस्ने अधिकार पालिका अध्यक्षसंग पनि हुँदैन।तर कानुनी राज्यमा एक शिक्षकले जागिरै जाने कसुर गरेमा एक सर्वसाधारणको सचेत नागरिकको सम्बन्धित निकायमा खबरदारीले जान सक्दछ।

पालिका अध्यक्ष जस्तो जिम्मेवार पदिय मर्यादामा आशिन ब्यक्तिके खोक्रो राजनीतिज्ञले सस्तो लोकप्रियताका लागि बोल्ने कुराहरु बाल मनोविज्ञानमा असर पर्न सक्ने कुरालाई हेक्का राख्न जरुरी छ।कुनै शिक्षकले कारबाही नै गर्ने कसुर गरेको खण्डमा पनि विद्यार्थीसामु पुगेर कारबाही गर्दैछौँ भन्नू पर्ने कुनै कोणबाट संवेदनसिलता हुँदैन।

अरु पार्टीमा आवद्ध शिक्षकहरु भन्दा हाम्रो पार्टीका शिक्षकहरू जिम्मेवार र सक्रिय हुनु पर्दछ पालिका अध्यक्ष पुन

रुन्टिगढी २ को शैक्षिक मेलामा पुगेर विद्यार्थीहरु अगाडि शिक्षक कारबाही गर्ने चेतावनी दिएका अध्यक्ष पुनले त्यसको केहि दिन नवित्दै नेपाल शिक्षक संघ रुन्टिगढीको एक कार्यक्रममा बोल्दै अन्य पार्टीमा आवद्ध शिक्षकहरु भन्दा हाम्रो पार्टीमा आवद्ध शिक्षकहरू जिम्मेवार हुनुपर्छ भन्ने द्वेत अभिव्यक्ति दिएका छन्।नेपाली काङ्ग्रेस रुन्टिगढी गाउँपालिका पार्टी सभापति समेत रहेका उनले साझा पदमा आशिन रहदा पनि शिक्षहरुलाई हाम्रो र तिम्रो भन्ने कोणबाट संकुचित ढंगले अभिव्यक्ति दिन भ्याएका छन्।यसरी शिक्षकहरूबिच राजनैतिक दृष्टि राख्ने पालिका अध्यक्ष पुनले विद्यार्थी अगाडि उभिएर फरक दलमा आस्था राखेकै भरमा सामाजिक लेखेको कुरालाई आधार बनाएर शिक्षक कारबाही गर्छु भन्ने नैतिकता र चरित्र राख्न सक्लान्?

यसरी सस्तो लोकप्रियताका लागि मन नपरेका शिक्षकहरू प्रति विद्यार्थी अगाडि धावा बोल्ने गरेका र शिक्षिकहरुलाई हाम्रा पार्टीका भनेर विभेद गर्ने विवादित चरित्रका अध्यक्ष पुनले पछिल्लो समय मन नपरेका कतिपय पत्रकारजरुलाई पत्रकारीता सिकाउन थालेका छन्।अध्यक्ष पुनसंग पत्रकारीता पेशाको कुनै अनुभव छैन।तर सार्वजनिक स्थलबाट पत्रकारीता सिकाउने गरि उनैले मात्रै सबै जानेका होलान् अरु सबै अन्जान होलान् झै चरित्र छताछुल्ल पार्दै जान थाकेका छन्।

भिडियो

प्रतिक्रिया दिनुहोस