होलेरी-रुन्टिगढी गाउँपालिका वडा नं ५ ले लैङ्गिक हिंसा विरुद्व एक दिने अभिमुखिकरण कार्यक्रम सोमबार सम्पन्न गरेको छ।
वडा नं ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीको अध्यक्षता एवं ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक देवि प्रशाद गैरेको प्रमुख आतिथ्यतामा स्थानिय सहभागीहरु सहित सम्पन्न कार्यक्रममा बक्ताहरुले समाजलाई लैङ्गिक हिंसा मुक्त बनाएर सभ्य बनाउन प्रत्येक नागरिकको जिम्मेवारी रहेको कुरामा जोड दिएका थिए।
समाजलाई रुपान्तरण गर्न हिंसामुक्त समाज पहिलो सर्त भएको र आफूहरू लैङ्गिक र सामाजिक हिंसा न्यूनीकरणम लागि परिरहेको वडा अध्यक्ष डाँगीको भनाई रहेको छ।
प्रहरी निरीक्षक गैरेले सहभागीहरुलाई कानुनी परामर्श तथा प्रशिक्षण दिएका थिए।कार्यपालिका सदस्य रिता के.सी.वडा सदस्यहरुको समेत सहभागीता रहेको कार्यक्रमको सहजीकरण वडा सचिव भागवत घिमिरेले गरेका थिए।