होलेरी- पालिका भित्रका एक शिक्षकले आफुहरुलाई `छोटे राजा´को उपमा दिएको भन्दै कारबाही गर्ने रुन्तिगढी गाँउपालिका अध्यक्ष जनक पुनले दुखेसो पोखेका छन।
आइतबार रुन्टिगढी २ मा आयोजित शैक्षिक मेला कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै पालिका अध्यक्ष पुनले सम्बन्धित शिक्षकलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको बताएका हुन्।
माडी गाउँपालिकाले फगुन १ गते जनयुद्ध दिवसको अवसरमा बिदा दिने भयो भनेर एकजनाले सामाजिक सञ्जाल फेशबूकमा लेखेको स्ट्याटसको प्रतिक्रियामा एकजना शिक्षकले छोटे राजाहरुले गर्ने यहीँ हो भनेर लेख्नु भएको छ।अध्यक्ष पुनले सम्बन्धित शिक्षकको नाम भने खुलाएनन्।उनले भनेका छन् उहाँ शिक्षकले छोटे राजा भनेर पहिचान दिलाउने,पगरी ओढाउने अधिकार शिक्षकलाई छ कि छैन?उहाँको त्यो पेशा र कर्मले दिन्छ कि दिदैन?त्यो लेख्ने शाथीलाई मैले कारबाहीका लागि अगाडि बढाई सकेको छु।
भिडियो