होलेरी-रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ५ कार्यालयले महिलाहरूला शसक्तिकरण र आत्मनिर्भर बनाउन ३ महिने सिलाई कटाई तालिमको आइतबार उद्घाटन गरेको छ।
आर्थिक बर्ढ २०८०/०८१ को वार्षिक विनियोजित बजेटबाट महिलाका लागि ३ महिने पुनर्ताजगी सिलाई कटाई तालिम कार्यक्रम उद्घाघाटन सम्पन्न भएको छ।
तालिममा १६ जना प्रर्शिक्षर्थी सहभागी रहेका छन्।उनीहरुलाई एक-एक वटा आईरन हस्तान्तरण समेत गरिएको वडा नं ५ कार्यालयले जनाएको छ।
कार्यपालिका सदस्य रिता केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममलाई सम्बोधन गर्दै वडा अध्य गोविन्द बहादुर डाँगीले वडापालिका भित्रका महिलाहरुलाई अगाडि बढाउँन वडा कार्यालय सदैब गम्भीर रहेको बताएका छन्।
महिलाहरूले चुलो चौको मात्रै गर्नु पर्छ भन्ने मानसिकताला तोडेर महिलाहरूलाई शसक्तिकरण गरि हरेक अवसरमा सहभागी गराउने आफूहरूको तयारी रहेको वडा वडा अध्यक्ष डाँगीको भनाई रहेको छ।
सचिव भागवत घिमिरेले कार्यक्रमको सहजीकरण गरेका हुन्।