ताजा अपडेट

रुन्टिगढी वडा नम्बर ९ ले २५ जना बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग हस्तान्तरण

होलेरी- रोल्पाको रुन्टिगढी गाउँपालिका ९ नम्बर वडा कार्यालयले वडापालिका भित्रका २५ जना असाह्य,बिपन्न बालबालिकाहरुलाई लत्ताकपडा तथा शैक्षिक सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरेको छ।

बिहिबार आयोजित एक कार्यक्रम बिच बिपन्न बालबालिकाहरुलाई वडा कार्यालयको तर्फबाट लत्ताकपडा र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको वडा अध्यक्ष चेतलाल खत्रीले जानकारी दिएका छन्।अल्पकालीन रुपमा उनीहरुको सहज तरिकाले पठनपाठनमा टेवा पुग्ने आफूहरूको अपेक्षा रहेको र दीर्घकालीन रुपमा ब्यबस्थापनमा आफूहरू लागि परिरहेको वडा अध्यक्ष खत्रीको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस