होलेरी- गाउँ-गाउँमा पुगेर जनताका समस्या तथा गुनासो बुझ्न नेकपा एमाले रुन्टिगढी गाउँ कमिटीले प्रशिक्षण कार्यक्रम सञ्चान गरेको छ।
स्थानिय सरकारका क्रियाकलापले सर्वसाधारण जनताहरुलाई छोएको छ कि छैन?भनेर पार्टीका वडा कमिटी हुँदै टोल कमिटीका कार्यकर्ताहरुलाई जनताका प्रतिक्रिया र समस्या बुझ्न निर्देशनात्मक प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा (एमाले) रुन्टिगढी गाउँ कमिटी अध्यक्ष अमराज बस्नेतले जानकारी दिएका छन्।
जनताका समस्या समाधान गर्न रुन्टिगढीमा नेकपा एमालेले निर्वाचन जितेका वडा सहित सबै वडाका जनताका समस्या बुझ्ने र सम्बोधन गर्ने गरि प्रशिक्षण ९ वटै वडामा माघ २९ गते सम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने अध्यक्ष बस्नेतले बताए।
निर्वाचनका समयमा मत माग्न मात्रै नभएर अघिपछि पनि नेकपा एमाले रुन्टिगढी निरन्तर जनताका सुखदुःख संग नजिक रहने उनले बताए।बिहिवार विभिन्न पदमा आवद्ध नेता,कार्यकर्ताहरुको सहभागीतामा रुन्टिगढी ५ मा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नेकपा एमाले रुन्टिगढीले जनाएको छ।